
जलपाइगढ़ी, 31 मार्च (हि.स.)। तृणमूलका महासचिव तथा सांसद अभिषेक ब्यानर्जीले बुधवार दिउँसो आमबाड़ीमा एउटा ठूलो चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। राजगञ्ज विधानसभा क्षेत्रबाट तृणमूल कांग्रेसकी उम्मेदवार स्वप्ना बर्मनको समर्थनमा यो सभा आयोजना गरिँदैछ।
सभा अगाड़ी आमबाड़ीको सुदामगञ्ज मैदानमा तयारी तीव्र गतिमा भइरहेको छ। मञ्च निर्माणदेखि लिएर सुरक्षा र भीड़ व्यवस्थापनसम्म सबै व्यवस्थालाई अन्तिम रूप दिइँदैछ। तयारीको समीक्षा गर्न मंगलवार वरिष्ठ तृणमूल नेताहरू घटनास्थलमा पुगे।
उनीहरूले बताए, लगभग 50 हजार कार्यकर्ता र समर्थकहरू र्याललीमा उपस्थित हुने अपेक्षा गरिएको छ।
यो सभालाई चुनाउ ठीक अगाड़ी तृणमूल कांग्रेसको शक्ति प्रदर्शनको रूपमा हेरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी