महाकाल बाबाको दर्शन गरेर आईजीजेएफ संयोजक अजय एडवर्डसले शुरू गरे चुनाउ प्रचार
अजय एडवर्ड्स


दार्जिलिङ, 31 मार्च (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रिय संयोजक अजय एडवर्ड्सले महाकाल बाबाको पूजा गरेर आफ्नो चुनाउ प्रचार शुभारम्भ गरेका छन्। मंगलवार संयोजक एडवर्डस महाकाल मन्दिर पुगे। उनको साथमा पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। अजय एडवर्डसले महाकालको पूजा अर्चना गरेपछि आफ्नो चुनाउ प्रचार शुरू गरे।

गत 29 मार्चको दिन इण्डियन गोर्खा जनशक्ति फ्रण्टले सोनादाको इन्टेकस्थित निर्माणाधीन उन्मुक्ति पुलको अन्तिम ढलाईसँगै पार्टी उम्मेदवारहरूको घोषणा गरेको थियो। जसमा दार्जिलिङ विधानसभा क्षेत्रबाट अजय एडवर्डस, खरसाङ विधानसभा क्षेत्रबाट बन्दना राई, कालेबुङ विधानसभा क्षेत्रबाट भेर्नोन व्रिटो लेप्चा, मतिगढा नक्सलबारी क्षेत्रबाट निमेष सुन्दास, सिलगढी विधानसभा क्षेत्रबाट कृष्ण नन्द सिंह रहेका छन्।

यसबाहेक इण्डियन गोर्खा जनशक्ति फ्रण्टले तराई डुवर्स आदि क्षेत्रका अन्य विधानसभा क्षेत्रहरूबाट पनि पार्टी उम्मेदवार दिने मन बनाएको छ।

अजय एडवर्डसले महाकाल मन्दिरमा पुजा अर्चना गरेपछि नेहरू रोड, गांधी रोड हुँदै शहरको परिक्रमण गरे र घर दैलाे अभियान चलाए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande