
हुगली, 31 मार्च (हि.स.)। आरामबाग विधानसभा क्षेत्र अन्तर्गत गोरहाटी नम्बर-एक पञ्चायतको पैशारास्थित कृष्ण मन्दिरमा मंगलवार पूजा-अर्चना गरी भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार हेमन्त बागले आफ्नो जनसम्पर्क अभियान शुरू गरे।
त्यसपछि उनले खारोल, पैशारा, गौरी ग्राम र शुभयपुर गाउँको भ्रमण गरी मानिसहरूसित भेटघाट गरे। यस अवधि खारोल गाउँका महिलाहरूले उम्मेद्वारलाई उत्साहित भएर स्वागत गरे। महिलाहरूले शंखध्वनिकोसाथमा उनलाई मिठाई खुवाएर, फूल माला लगाएर सम्मानित गरे।
भाजपा उम्मेद्वार हेमन्त बागले स्थानीय मानिसहरूसित प्रत्यक्ष बातचित गर्दै उनीहरूको अवस्था बुझे। गाउँका महिलाहरूले हर्ष व्यक्त गर्दै उम्मेद्वारसित नृत्य गरे अनि समर्थनमा नाराबाजी गरे।
यस अवसरमा हेमन्त बागले क्षेत्रको विकास तथा जनताका समस्याहरूको समाधानप्रति आफ्नो प्रतिबद्धता दोहोऱ्याए। जनसम्पर्क कार्यक्रममा स्थानीय मानिसहरू ठूलो संख्यामा उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा