6 अप्रेलमा प्रधानमन्त्रीको होजाई आगमनलाई लिएर व्यापक तयारी
6 अप्रेलमा प्रधानमन्त्रीको होजाई आगमनलाई लिएर व्यापक तयारी


होजाई (असम), 31 मार्च (हि.स.)। राज्यमा आगामी विधानसभा चुनाउ- 2026 लाई मध्यनजर गर्दै प्रचार अभियान द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ। राष्ट्रिय स्तरका नेताहरूले राज्यका केही विशेष क्षेत्रहरूमा आफ्नो पार्टीका प्रत्याशीहरूको समर्थनमा जनताबीच बैठक, शोभायात्रा आदिको माध्यमबाट चुनावी प्रचार गरिरहेका छन्। यसै क्रममा होजाई जिल्ला मुख्यालय शहरको श्रीमन्त शंकरदेव नगरमा आगामी 6 अप्रेलका प्रधानमन्त्री नरेन्द्र मोदी आइरहेका छन्।

प्रधानमन्त्रीको आगमनको लागि पहिलाबाटै श्रीमन्त शंकरदेव नगरमा जिल्ला आयुक्त कार्यालय सामु अवस्थित खेल मैदानमा सुरक्षा कर्मीहरूको निगरानीमा सभाको पण्डाल निर्माण गर्ने कार्य सहित अन्य सबै तयारीहरू भइरहेको छ। पूर्ण तत्परताको साथमा यो तयारी भइरहेको छ। प्रदेश भाजपाले लगभग एक लाख मानिसहरूको उपस्थितिबीच सभा आयोजना गर्ने योजना बनाएको छ।

अर्कोतिर आगामी 1 अप्रेलकै दिन 2 नम्बर काकीमा भाजपा उम्मेद्वार शिवु मिश्राको पक्षमा राज्यका क्याबिनेट मन्त्री पियूष हजारिकाले चुनाउ प्रचार गर्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande