भाजपा उम्मेद्वारको लस्करमाथि हमला, आरोप तृणमूलमाथि
भाजपा उम्मेद्वारको लस्करमाथि हमला, आरोप तृणमूलमाथि


कुचबिहार, 31 मार्च (हि.स.)। कुचबिहारमा भाजपा उम्मेद्वारको लावा-लस्करमाथि हमला भएको समाचार प्रकाशमा आएको छ। यो हमला चुनाउ प्रचार गरेर फर्किरहेको बेला भएको हो। हमलाको आरोप तृणमूलमाथि लागेको छ। घटनापछि क्षेत्र तनाउग्रस्त भएको छ।

प्राप्त जानकारी अनुसार कुचबिहार दक्षिण विधानसभा सीटबाट भाजपा उम्मेद्वार रथीन्द्रनाथ बसु प्रचार गरेर फर्किरहेका थिए यसै क्रममा सुतकाबाड़ी क्षेत्रमा पुगेपछि स्थानीय मानिसहरूको उनको लावा-लस्करलाई घेरे। आरोप छ, हमलाकारीहरूले ईँटा-ढुङ्गा, लौरो आदिले उनका वाहनहरूमाथि प्रहार गरे जसले गर्दा एउटा वाहनको शिशा फुट्यो।

भाजपाको दाबी छ, यस हमलामा एकजना पार्टी कार्यकर्ताको टाउको फुट्यो जसलाई तुरून्तै अस्पतालमा भर्ती गरियो। स्थिति बिग्रिएको देखेर भाजपा उम्मेद्वार त्यहाँबाट सुरक्षित बाहिरिए। भाजपाले यस हमलाको लागि तृणमूल कंग्रेसलाई जिम्मेवार ठहराएको छ। तथापि तृणमूलले उक्त आरोपलाई शिराबाटै खारेज गरिदिएको छ।

तृणमूलको भनाइ छ, मतदाता सूचीबाट नाम हटाइएको कारणले मानिसहरूमा व्यापक असन्तुष्टि छ। यो घटना त्यै असन्तुष्टिको परिणाम हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande