चुनाउ 26ः नेता भएपछि भाजपा उम्मेद्वारको आय घटेको हलफनामामा दर्ता
चुनाउ 26ः नेता भएपछि भाजपा उम्मेद्वारको आय घटेको हलफनामामा दर्ता


आसनसोल, 31 मार्च (हि.स.)। आसनसोल नर्थ विधानसभा सीटबाट भाजपा उम्मेद्वार कृष्णेन्दु मुखर्जीको नामांकनसितै उनको हलफनामामा दिइएको जानकारीले केही महत्वपूर्ण कुराहरूको खुलासा गरेको छ।

हलफनामा अनुसार वर्ष 2015-16 देकि वर्ष 2019-20 बीच कृष्णेन्दु मुखर्जीको औसत वार्षिक आय लगभग 8.59 लाख रुपियाँ थियो भने उनकी पत्नीको आय 6.91 लाख रुपियाँ थियो। 21 फरवरी, 2020-मा भाजपामा साममेल भएपछि वर्ष 2020-21 देखि वर्ष 2025-26 को अन्तरालमा उनको औसत आय घटेर 5.41 लाख रुपियाँ पुगेको छ बने पत्नीको आय घटेर 4.91 लाख रुपियाँ पुगेको छ।

आय घटे पनि उनीहरूको सम्पत्तिमा वृद्धि दर्ता गरिएको छ। मुखर्जीसित लगभग 54.41 कड़ोर रुपियाँको चल सम्पत्ति छ भने उनको नाममा केही अचल सम्पत्तिहरू पनि छन्। उनीमाथि लगभग 2.03 कड़ोर रुपियाँ ऋण छ। उनकी पत्नीसित 2.49 कड़ोर रुपियाँ चल सम्पत्ति र 1.17 कड़ोर रुपियाँ अचल सम्पत्ति छ। उनकी पत्नीमाथि लगभग 1.86 कड़ोर रुपियाँ ऋण छ।

वाहनहरूको कुरा गर्नु हो भने कृष्णेन्दु मुखर्जीसित एउटा दुई चक्के वाहन छ जसलाी उनले पछिल्लो वर्ष 2021-मा खरिद गरेका थिए भने उनकी पत्नीसित एउटा i10 कार छ। आभूषणको मामिलामा मुखर्जीसित केही सुन-चाँदी र अन्य गहनाहरू छन् भने उनकी पत्नीसित 4.23 लाख रुपियाँको गहना छ।

हलफनामामा यो पनि उल्लेख गरिएको छ, उनीविरूद्ध 15 वटा आपरादिक मामिला दर्ता छन्। यी सबै मामिला वर्ष 1997-2019 सम्मको छ जसमा हत्या, रंगदारी, चोरी, डकेटी जस्ता गम्भीर आरोपहरू सामेल छन्। यीमध्ये 13 वटा मामिला हीरापुर थानामा, एउटा बुदबुद थाना र एउटा अंडाल थानामा दर्ता छन्। क्षेत्रमा उनको छवि एकजना बाहुबली नेताको रूपमा रहेको बतािएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande