हुगलीमा महिला उत्पीड़नको आरोपमाथि राजनीतिक संग्राम- तृणमूलको आरोप, भाजपा अध्यक्षको जवाफ
हुगलीमा महिला उत्पीड़नको आरोपमाथि राजनीतिक संग्राम- तृणमूलको आरोप, भाजपा अध्यक्षको जवाफ


हुगली, 31 मार्च (हि.स.)। अखिल भारतीय तृणमूल कंग्रेस एवं भारतीय जनता पार्टी (भाजपा)- बीच हुगलीमा भएको एक कथित महिला उत्पीड़नको मामिलालाई लिएर राजनीतिक विवाद चर्किएको छ। यस मामिलामा दुवै पक्षले एका-अर्कामाथि आरोप लगाइरहेका छन्।

तृणमूल कंग्रेसले मंगलवार सोशल मीडिया एक्समा पोस्ट गरी हुगली जिल्ला भाजपा अध्यक्ष गौतम च्यटर्जीमाथि एकजना महिलासित कथित रूपमा उत्पीड़न गरेको आरोप लगायो। पार्टीको दाबी छ, सम्बन्धित नेताले आफ्नै पार्टीका एकजना कार्यकर्ताकी पत्नीसित कथित रूपमा दुर्व्यवहार गऱ्यो अनि विरोध गर्दा उसको पतिलाई झुटो वित्तीय मामिलामा फसाउने चेष्टा गऱ्यो।

अर्कोतिर भाजपा जिल्लाध्यक्ष गौतम च्यटर्जीले उपरोक्त आरोपलाई शिराबाटै खारेज गर्दै यसलाई राजनीतिक षड़यन्त्र बताएका छन्। उनको भनाइ छ, गए 30 मार्चको दिन उनले सम्बन्धित व्यक्तिलाई पैसा फर्काउन भनेका थिए, तर उक्त व्यक्तिले पैसा फर्काएन। त्यसपछि उनीमाथि नै आरोप लगाउन शुरू गऱ्यो।

भाजपा नेताले हिन्दुस्थान समाचार-लाई बताए, मसित सबै प्रमाण छ। जाँच हुन दिनुहोस्, वास्तविकता सबै सामु छर्लङ्ग हुनेछ। तृणमूल कंग्रेसकाहरूले मेरो छविलाई धमिल्याउने प्रयास गरिरहेका छन्। उनले यो पनि भने, उनी पछिल्लो लामो समयदेखिकै सार्वजनिक जीवनमा छन् र स्थानीय मानिसहरूलाई उनको चरित्रको बारेमा राम्ररी थाहा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande