
गुवाहाटी, 31 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मंगलवार भने, डिमोरिया, रहा, बरखेत्री औ कमलपुर क्षेत्र उनका लागि विधानसभा क्षेत्र मात्र नभएर उनका कार्य अनि सेवाको निम्ति प्रेरणाका श्रोत पनि हुन्।
मुख्यमन्त्रीले भने, पछिल्लो कार्यकालमा उनको सरकारले दिन-रात एक बनाएर यस क्षेत्रमा विकासको बलियो जग बसालेको छ। यस जगलाई अझ बलियो बनाउने समय आएको छ।
उनले भने, रूपान्तरणको नयाँ यात्राको उत्साह लिएर उनी चाँड़ै यी क्षेत्रका जनता समक्ष आइरहेका छन् अनि विकासको गतिलाई अझ तीव्र बनाउनको लागि प्रतिबद्ध छन्। उल्लेख्य, मुख्यमन्त्री आज चुनाउ प्रचार गर्नका लागि यी क्षेत्रहरूमा गइरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा