
गुवाहाटी, 31 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मंगलवार महावीर जयन्तीको पावन अवसरमा प्रदेशवासीहरूलाई हार्दिक शुभकामना दिँदै भगवान महावीरलाई श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, भगवान महावीरद्वारा देखाइएको करुणा, अहिंसा र आत्मसंयमको मार्गमा हिँड़ेर एक विकसित, शान्तिपूर्ण औ मानवीय समाज निर्माण गर्न सकिन्छ। उनले सबै नागरिकहरूसित यी मूल्यहरूलाई अप्नाउने आह्वान गरे।
उनले भने, अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य औ अपरिग्रह भगवान महावीरको जीवन एवं सन्देशको आधार रहिआएको छ जसले आज पनि मानवतालाई सही दिशा प्रदान गर्छ।
मुख्यमन्त्रीले भने, त्याग, संयम, प्रेम तथा करुणा जस्ता उनले देकाएका मार्ग आज पनि प्रासंगिक छ साथै समाजको लागि प्रेरणाश्रोत बन्दै आएको छ। यस अवसरमा उनले सबै देशवासीहरूलाई महावीर जयन्तीको हार्दिक शुभकामना दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा