बोडोफा उपेन्द्रनाथ ब्रह्मलाई ‘छात्र दिवस’- मुख्यमन्त्री सरमाले दिए श्रद्धाञ्जली
बोडोफा उपेन्द्रनाथ ब्रह्मलाई ‘छात्र दिवस’- मुख्यमन्त्री सरमाले दिए श्रद्धाञ्जली


गुवाहाटी, 31 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मंगलवार उपेन्द्रनाथ ब्रह्मको जयन्तीको अवसरमा उनलाई श्रद्धाञ्जली अर्पण गरे। राज्यमा यस दिनलाई ‘छात्र दिवस’- को रूपमा मनाइन्छ।

मुख्यमन्त्रीले बोड़ो समाजका महान नेतालाई स्मरण गर्दै भने, उपेन्द्रनाथ ब्रह्मले जीवनभरि नै बोड़ो समुदायको विशिष्ट पहिचान, संस्कृति औ अधिकारहरूको रक्षाको लागि अथक प्रयास गरे। मुख्यमन्त्रीले उनलाई असमका एकजना महान व्यक्तित्व तथा मार्गदर्शक बताे जसको त्याग अनि योगदानलाई भावी पिँढ़ीले सदैव स्मरण गरिरहनेछ।

डा. सरमाले भने, राज्य सरकारले उनको अमूल्य योगदानलाई सम्मान दिनका लागि उनको जयन्तीलाी ‘छात्र दिवस’- को रूपमा घोषित गरेका छन्। यस अवसरमा उनले असमका छात्र समुदायलाई शुभकामना दिँदै उनका आदर्स तथा मूल्यहरूलाई अगाड़ि बढ़ाउने प्रतिबद्धतालाई दोहोऱ्याए।

मुख्यमन्त्रीले भने, बोड़ोफा उपेन्द्रनाथ ब्रह्मको धरोहर सदैव असमका मानिसहरूको हृदयमा जीवित रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande