असमको कछारमा सात कड़ोरको हेरोइनसितै दुई तस्कर पक्राउ
असमको कछारमा सात कड़ोरको हेरोइनसितै दुई तस्कर पक्राउ


कछार (असम), 31 मार्च (हि.स.)। मादक पदार्थको तस्करीविरूद्ध ठूलो कारबाही गर्दै असम राइफल्सले कछार पुलिससित संयुक्त अभियान संचालन गऱ्यो। यस अभियानको क्रममा कछार जिल्लामा सात कड़ोर रुपियाँको हेरोइन जफत गरियो भने यस मामिलामा पुलिसले दुईजना आरोपीहरूलाई पक्राु गरेको छ।

कछार जिल्ला पुलिस मुख्यालयद्वारा मंगलवार दिइएको जानकारी अनुसार विश्वसनीय गुप्त सूचनाको आधारमा यो अभियान शुरू गरिएको थियो। सूचना पाउनसाथ संंयुक्त टीमले आज सबेरै भासखंडी निकट संदिग्ध व्यक्तिहरूलाई रोक्यो। जाँच गर्दा संदिग्धहरूबाट मादक पदार्थ हेरोइनको खेप जफत गरियो।

घटनास्थलमा दुईजना तस्करहरूलाई पक्राु गरियो भने एउटा वाहन र दुई वटा मोबाइल फोन जफत गरिएको छ। प्रारम्भिक जाँचमा यस मामिलाको पछाड़ि एउटा ठूलो तस्करी नेटवर्क जोड़िएको आशंका व्यक्त गरिएको छ। सम्पूर्ण नेटवर्कको पत्तो लगाउनको लागि जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande