
कोलकाता, 31 मार्च (हि. स.)। पश्चिम बंगालका 294 वटा विधानसभा सीटहरूमा आगामी महिना दुई चरणमा हुन गइरहेको चुनाउमा एकातिर अधिकांश सीटहरूमा चतुस्कोणीय प्रतिस्पर्धा देख्न पाइएनेछ भने उत्तर बंगालको हिमाली क्षेत्रमा अवस्थित दार्जीलिङ, कालेबुङ र खरसाङ विधानसभा आसनमा यसपालि पाँच वटा दलहरूबीच सोझो भिड़न्त हुन गइरहेको छ।
राज्यका अधिकांश आसनहरूमै तृणमूल कंग्रेस (टीएमसी), भारतीय जनता पार्टी (भाजपा), मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा) नेतृत्वाधिन वाम मोर्चा-आईएसएफ गठबन्धन तथा कंग्रेसबीच मुख्य प्रतिस्पर्धा हुनेछ। तर पहाड़ी क्षेत्रका उपरोक्त तीन वटा सीटमा चुनावी समीकरण अलग्गै छ।
यी सीटहरूमा भाजपा (गोर्खा जनमुक्ति मोर्चाको समर्थनमा), भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, इण्डियन गोर्खा जनशक्ति फ्रण्ट, वाम मोर्चा-आईएसएफ गठबन्धन एवं कांग्रेसबीच स्पर्धा हुनेछ।
राजनीतिक विश्लेषकहरूको मान्यता छ, इण्डियन गोर्खा जनशक्ति फ्रण्टले भिन्नै चुनाउ लड़ेको कारणले दार्जीलिङ, कालेबुङ अनि खरसाङमा चुनावी गणित जटिल भएको छ, किनभने यी क्षेत्रहरूमा गोरअका मतदाताहरूले नै परिणाम तय गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्।
यद्यपि सबै पार्टीहरूले आ-आफ्नो ढंगले यस स्थितिलालाई आफ्नो पक्षमा रहेको बताइरहेका छन्। भाजपा र उसको सहयोगी गोर्खा जनमुक्ति मोर्चाको भनाइ छ, इण्डियन गोर्खा जनशक्ति फ्रण्ट मैदानमा उत्रिएपछि भाजपा विरोधी मत विभाजन हुनेछ।
अर्कोतिर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा एवं तृणमूल कंग्रेसको दाबी छ, इण्डियन गोर्खा जनशक्ति फ्रण्टको उपस्थितिले भाजपा-गोर्खा जनमुक्ति मोर्चाको पारम्परिक मत प्रभावित हुनेछ जसबाट उनीहरूका उम्मेद्वारहरू विजय हुने सम्भावना बढ़्नेछ।
इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख अजय एडवर्ड्सले उपरोक्त दाबीहरूलाई खारेज गर्दै हिन्दुस्थान समाचार- सित भने, पहाड़का मानिसहरू विशेष गरी गोर्खा समुदाय दीर्घकालदेखि नै स्थायी राजनीतिक समाधान औ अलग राज्य गोर्खाल्याण्डको माग पूरा नभएको कारणले निराश भएका छन्।
उनले भने, हामी कसैको भोट हत्याउन होइन, तीनै वटा सीटमा जीत हासिल गर्नका लागि चुनाउ लड़िरहेका छौं। हाम्रो मुख्य मुद्दा छुट्टै राज्य गोर्खाल्याण्ड हो। हामीले पहिला पहाड़का सबै दलहरूलाई एकजुट बनाउने चेष्टा गऱ्यौं, तर सहमति नभएपछि हामीले एक्लै चुनाउ लड़्ने फसेला गरेका हौं।
अर्कोतिर गोर्खा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीले भने, उनको पार्टीले स्थायी राजनीतिक समाधान र गोर्खाल्याण्डको मागलाई अगाड़ि बढ़ाउनको लागि भाजपालाई समर्थन गर्ने फसेला गरेको हो। उनको भनाइ थियो, स-सानो राज्यहरूको गठनको मुद्दामा भाजपाको नीति सकारात्मक रहिआएको छ।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका संस्थापक अनित थापाले भने, उनको पार्टीको मुख्य ध्यान पहाड़ी क्षेत्रको विकसमाथि केन्द्रित छ र यसको लागि राज्यको सत्ताधारी तृणमूल कंग्रेसलाई समर्थन गर्न आवश्यक छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा