
कोलकाता, 31 मार्च (हि.स.)। पश्चिम बंगालमा जारी चुनावी प्रक्रियाबीच मतदाता सूचीमा भएको कथित गड़बड़ीलाई लिएर राजनीतिक माहोल बाफिएको छ। मंगलवार फारम-6 को मुद्दामा सीईओ (मुख्य निर्वाचन अधिकारी) कार्यालय परिसरमा तृणमूल समर्थित बीएलओ (बूथ लेभल अफिसर)-हरूले व्यापक विरोध प्रदर्शन गरे।
यसको एक दिनअघि अभिषेक ब्यनर्जीले आरोप लगाएका थिए, फारम-6 भरेर बिहार र उत्तर प्रदेशका मतदाताहरूलाई पश्चिम बंगालको मतदाता सूचीमा जोड़िँदैछ। यसै आरोपलाई लिएर मंगलवार बिहानदेखिकै तृणमूल समर्थक बीएलओहरूले कार्यालय बाहिर विरोध प्रदर्शन गरिरहेका छन्।
प्रदर्शनकारीहरूको आरोप छ, प्रचुर मात्रामा फारम-6 लाई ब्यागमा भरेर लगिँदैछ जसको माध्यमबाट मतदाता सूचीमा गड़बड़ी गरिँदैछ। पुलिसले प्रदर्शनलाई रोक्ने प्रयास गर्दा स्थिति तनाउपूर्ण भयो। प्रदर्शनकारी र पुलिसबीच धक्का-मुक्का भयो। यस अवधि तृणमूल समर्थकहरूले भाजपामाथि पनि हमला गरेको आरोप लगाए। यी सम्पूर्ण घटनाक्रमले गर्दा सीईओ कार्यालय परिसरको माहोल तनाउपूर्ण भएको छ भने अर्कोतिर राजनीतिक आरोप-प्रत्यारोपको सिलसिला पनि तीव्र भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा