कंग्रेसलाई ठूलो झट्का, वरिष्ठ नेता जयन्त कुमार राय भाजपामा सामेल
कंग्रेसलाई ठूलो झट्का, वरिष्ठ नेता जयन्त कुमार राय भाजपामा सामेल


कुचबिहार, 31 मार्च (हि.स.)। राज्य विधानसभा चुनाउको पृष्ठभूमिमा मेकलीगञ्ज क्षेत्रमा कंग्रेस पार्टीलाई ठूलो झट्का लागेको छ। मेखलीगञ्ज विधानसभा सीटबाट दुई पटकसम्म कंग्रेस उम्मेद्वार रहिसकेका वरिष्ठ नेता जयन्त कुमार राय भाजपामा सामेल भएका छन्।

मेखलीगञ्जको परमेखलीगञ्ज ग्राम पञ्चायतको निगमानन्द आश्रम संलग्न मैदानमा मंगलवार आयोजित राजनीतिक सभामा उनले भाजपा उम्मेद्वार दधिराम रायको हातबाट पार्टीको झण्डा ग्रहण गरे। कार्यक्रममा जिल्ला कमिटीका महासचिव बंकिम चन्द्र राय, दक्षिण मण्डल अध्यक्ष शंकर राय समेत अन्य भाजपा नेताहरू उपस्थित थिए।

प्राप्त जानकारी अनुसार जयन्त कुमार राय 1993सालमा हल्दीबाड़ी पञ्चायत समितिका सदस्य चयन भएका थिए। त्यसपछि वर्ष 2006- मा उनले मेखलीगञ्च सीटबाट कंग्रेस उम्मेद्वारको रूपमा चुनाउ लड़े। उनी लामो समयसम्म जिल्ला कंग्रेसको उपाध्यध अनि ब्लक अध्यक्ष पनि भए। पार्टी परिवर्तन गरेको सन्दर्भमा जयन्त कुमार रायले तृणमूल कंग्रेसका उम्मेद्वार परेस चन्द्र अधिकारीमाथि कटाक्ष गरे।

उनले भने, शिक्षा घोटालामा आरोपी उम्मेद्वारलाई परास्त गर्न तथा पश्चिम बंगाललाई भ्रष्टाचार र शोषष मुक्त बनाउने उद्देश्यले उनी भाजपामा सामेल भएका हुन्। चुनाउपूर्व वरिष्ठ नेता यसरी भाजपामा सामेल हुनाले मेखलीगञ्जमा पार्टीलाई थप बल प्राप्त हुने आशा व्यक्त गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande