विकसित भारतको सपनामा योगदान दिनु हामी सबैको कर्तव्य होः उपराज्यपाल
विकसित भारतको सपनामा योगदान दिनु हामी सबैको कर्तव्य होः उपराज्यपाल


नयाँ दिल्ली, 31 मार्च (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजित सिंह सन्धूले मंगलवार कमला नगर मार्केटको दौड़ाह गरे। यस अवधि उनले स्थानीय मानिसहरूसित बातचित गरी उनीहरूको समस्या बुझ्ने चेष्टा गरे।

उपराज्यपालले पत्रकारहरूसित बातचित गर्दै भने, यहाँ आएर मैले मानिसहरूको मायासितै सिकायतहरू पनि सुन्न पाइरहेको छु। उनले सिकायतहरूलाई ई-मेलको माध्यमबाट पठाउने सुझाउ दिएका छन् ताकि सम्बन्धित अधिकारीहरूसित उनीहरूको बैठक गराएर सिकायतहरूको हल गर्न सकियोस्।

उनले भने, दिल्लीलाई विकसित बनाएर प्रधानमन्त्री नरेन्द्र मोदीको विकसित भारतको सपनामा योगदान दिनु हामी सबैको कर्तव्य हो। उनले विकसित भारतको सपनालाई साकार पार्नको लागि लगातार मानिसहरूसित भेटघाट गरी उनीहरूको समस्यालाई बुझेर त्यसको हल गरिरहेका छन्। यसअघि आज उपराज्यपालले लोक निवासमा बलीवुड अभिनेता अनुपम खेरसित भेट गरे। त्यसपछि उनले दिल्ली सिख गुरुद्वारा प्रबन्धन कमिटीका अध्यक्ष हरमित सिंह कालकाको नेतृत्वमा आएको एक प्रतिनिधिमण्डलसित पनि भेट गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande