गड़बेतामा मुख्यमन्त्री ममता ब्यनर्जीको सभा, भाजपामाथि प्रहार
गड़बेतामा मुख्यमन्त्री ममता ब्यनर्जीको सभा, भाजपामाथि प्रहार


-लक्ष्मी भण्डार योजनामा धर्म-जातिको कुनै भेदभाव गरिएको छैन

कोलकाता, 31 मार्च (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री र तृणमूल कंग्रेस प्रमुख ममता ब्यनर्जीले मंगलवार पश्चिम मेदिनीपुर जिल्लाको गड़बेतामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै राज्य सरकारका कल्याणकारी योजनाहरूको उल्लेख गरिन्। भाजपामाथि राजनीतिक प्रहार गर्दै उनले भनिन्, लक्ष्मी भण्डार योजनामा कुनै धर्म, जाति वा वर्गको आधारमा कुनै भेदभाव गरिएको छैन।

पार्टी प्रत्याशी उत्तरा सिंहको समर्थनमा आयोजित उक्त सभामा ममताले भनिन्, आवेदन गरेर पनि लक्ष्मी भण्डारको लाभ पाउन नसक्ने महिलाहरूले चाँड़ै यसको लाभ पाउनेछन्। राज्यका आमा तथा दिदी-बहिनीहरूलाई जीवनभरि यस योजनाको लाभ प्राप्त हुनेछ। यस योजनामा धर्म, वर्ण वा जाति कुनै पनि आधारमा भेदभाव गरिएको छैन।

मुख्यमन्त्रीले आलु किसानहरूको समस्याको उल्लेख गर्दै भनिन्, राज्य सरकार उनीहरूको चिन्तादेखि अवगत छ। जसरी किसानहरूको लागि फसल बीमाको व्यवस्था गरिएको छ, त्यसरी नै आलु उत्पादकहरूको लागि पनि बीमाको व्यवस्था गरिएको छ। यदि कुनै किसानको फसललाई नोक्सान पुग्यो भने सम्बन्धित किसानले क्षतिपूर्ति पाउनेछन्।

आफ्नो भाषणमा ममता ब्यनर्जीले गड़बेता विधानसभा क्षेत्रमा भएका विकास कार्यहरूको पनि उल्लेख गर्दै भनिन्, क्षेत्रमा औद्योगिक प्रशिक्षण संस्थान, सौर ऊर्जा परियोजना, सड़क एवं पुल निर्माण जस्ता केही विकास कार्यहरू गरिएको छ। यस अतिरिक्त ‘जल स्वप्न’ परियोजना अन्तर्गत 35 वटा कार्य पूरा गरिएको छ। बस टर्मिनसको निर्माण गरिएको कुरा पनि उनले भनिन्।

उनले लालगढ़ क्षेत्रको पुरानो हिंसक युगलाई स्मरण गर्दै भनिन्, एक समयमा यो क्षेत्र हिंसाबाट प्रभावित भएको थियो। मानिसहरू भयभित भएका थिए, तर अहिले स्थितिमा सुधार आएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande