जालुकबाड़ी र बसिष्ठमा प्रचुर मात्रामा नगद जफत
जालुकबाड़ी र बसिष्ठमा प्रचुर मात्रामा नगद जफत


गुवाहाटी, 31 मार्च (हि.स.)। गुवाहाटीको जालुकबाड़ी औ बसिष्ठ थाना क्षेत्रमा पुलिसद्वारा संचालित नियमित जाँच अभियानमा प्रचुर मात्रामा नगद जफत गरिएको छ।

पुलिसले मंगलवार बतायो, जालुकबाड़ीमा पश्चिम गुवाहाटीका एसीपी र जालुकबाड़ी पुलिसको संयुक्त कारबाहीमा नाका जाँच अवधि 25 लाख रुपियाँ जफत गरियो। यो राशि नलबाड़ी निवासी सागर मल्ल बु़जरबरुवा नामक व्यक्तिबाट जफत गरिएको हो। जाँचबुझमा उसले बतायो, यो पैसा निजी फार्मेसी व्यवसायको लागि ल्याइँदैथ्यो।

यता बसिष्ठ थाना क्षेत्रको माइखुलीमा पुलिस जाँच अवधि 4 लाख 66 हजार 800 रुपियाँ नगद जफत गरियो। यो रकम एकजना मणिपुरी समुदायकी महिलासित थियो।

बसिष्ठ पुलिसले जफत गरेको नगदलाई अग्रिम जाँचको लागि फ्लाइंग स्क्वाडलाई सुम्पिएको छ। हाल फ्लाइंग स्क्वाडद्वारा पैसाको श्रोत पत्तो लगाइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande