ममताले फेरि बाहिरका मानिसहरूको नाम मतदाता सूचीमा जोड़ेको आरोप लगाइन्
ममताले फेरि बाहिरका मानिसहरूको नाम मतदाता सूचीमा जोड़ेको आरोप लगाइन्


पश्चिम मेदिनीपुर, 31 मार्च (हि.स.)। मुख्यमन्त्री ममता ब्यानर्जीले मंगलवार पश्चिम मेदिनीपुरको चन्द्रकोणास्थित क्षीरपाईको चरकडांगा मैदानमा आयोजित चुनावी सभामा मतदाता सूचीलाई लिएर गम्भीर आरोप लगाइन्। उनले भनिन्, बंगाल बाहिरका मानिसहरूको नामलाई मतदाता सूचीमा जोड़िँदैछ।

मुख्यमन्त्रीले आरोप लगाइन्, बिहार, उत्तर प्रदेश, हरियाणा औ राजस्थानका मानिसहरूको नाम जोड़िएको छ जबकि वास्तविक मतदाताहरूको नामलाई सूचीबाट हटाइएको छ जसलाई अहिलेसम्म जोड़िएको छैन। यस मुद्दालाई लिएर उनले मुख्य चुनाउ आयुक्तलाई पत्राचार गरी चिन्ता व्यक्त गरेकी छन्।

सभामा उनले भनिन्, “डबल इञ्जन सरकार” बंगालका मानिसहरूलाई मताधिकारदेखि वञ्चित गराेर भोट कब्जा गर्न चाहन्छ। उनी अनुसार गए सोमवार पनि चुनाउ आयोग समक्ष लगभग 30 हजार नाम जमा गरियो जुन कथित रूपमा बंगालका बासिन्दा होइनन्।

उनले विशेष संक्षिप्त पुनरीक्षण प्रक्रियामाथि पनि प्रश्न तेर्साउँदै भनिन्, यो मानिसहरूको अधिकार खोस्नु जस्तै हो। मुख्यमन्त्रीले मानिसहरूसित अपील गरिन्, सूचीमा नाम अंकित भएका मतदाताहरू पनि सतर्क बस्नुपर्छ। बूथ स्तरमा कुनै पनि प्रकारको गड़बड़मीमाथि नजर राकियोस्। नाम हटाइएका मतदाताहरूलाई अपील गर्ने सल्लाह दिँदै उनले भरोसा दिलाइन्, सरकारले उनीहरूलाई सहयोग गर्नका लागि निःशुल्क वकिलहरूको व्यवस्था गर्नेछ।

यसै सभामा उनले आलु किसानहरूको समस्यामाथि पनि कुरा राखिन्। अहिलेघरि आलुको मूल्य नपाएको सिकायतबीच उनले भनिन्, यदि फसल खराब भयो भने सरकारले बीमाको माध्यमबाट क्षतिपूरण दिनेछ। उनले सोझै भनिन्, “यदि आलुको क्षतिपूरण चाहिन्छ भने तृणमूललाई भोट दिऔं।”

उनले यो पनि भनिन्, तृणमूल कंग्रेस अब समुद्र जस्तै मजबुत भएको छ। विरोधी दलले उसलाई नोक्सान पुऱ्याउन सक्दैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande