
कोलकाता, 31 मार्च (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउको प्रचार गर्ने क्रममा मुख्यमन्त्री तथा तृणमूल कंग्रेस प्रमुख ममता ब्यनर्जीले मंगलवार बाँकुड़ा जिल्लाको विष्णुपुरमा आयोजित एक चुनावी जनसभालाई सम्बोधन गर्दै भारतीय जनता पार्टी (भाजपा)-माथि धारिलो प्रहार गरिन्। उनले भनिन्, विपक्षले जति नै रणनीति बनाओस्, चुनाउमा तृणमूल कंग्रेसको जीत निश्चित छ।
तृणमूल उम्मेद्वार तन्मय घोषको समर्थनमा आयोजित सो सभामा ममताले दाबी गरिन्, राज्यमा विकासका अनेकौं कार्यहरू भएका छन् जसको जवाफ जनताले मतदानको माध्यमबाट दिनेछन्। उनले भनिन्, बंगालमा 105 वटा कल्याणकारी योजनाहरू संचालन भइरहेका छन् जसमध्ये धेरै वटा अन्य राज्यहरूमा छैन।
‘युवसाथी योजना’ भत्ता होइन-सभामा ममताले ‘युवसाथी’ नामक नयाँ योजनाको उल्लेख गर्दै भनिन्, यो कुनै प्रकारको भिक्षा वा भत्ता होइन, युवाहरूको लागि सहायतास्वरूप आर्थिक सहयोग हो। उनले भनिन्, राज्य सरकारले युवाहरूलाई आत्मनिर्भर बनाउनको लागि लगातार प्रयास गरिरहेको छ।
मतदाता सूची र एसआईआरमाथि प्रश्न-मुख्यमन्त्रीले विशेष गहन पुनरीक्षण प्रक्रिया (एसआईआर)-लाई लिएर पनि प्रश्न उठाइन्। उनको आरोप थियो, पहिला 58 लाख नाम मतदाता सूचीबाट हटाइयो र पछि 42 लाखमध्ये 22 लाख नामलाई पुनः जोड़ियो। यस मामिलामा उनले न्यायालयको ढोका ढक्ढकाएको जानकारी पनि उनले दिइन्।
ममता ब्यानर्जीले भाजपालाई लक्षित गर्दै आरोप लगाइन्, मानिसहरूको नाम मतदाता सूचीबाट हटाइँदैछ। के यो मानिसहरूलाई देश निकाला गर्ने चेष्टा गरिँदैछ?
धार्मिक मुद्दामा पनि भाजपालाई घेर्दै उनले भनिन्, हिन्दू राज्यको कुरा गर्नेहरूले पहिला यो बताउनुपर्छ कि उनीहरूले हिन्दू धर्मको मूल सिद्धान्तलाई कतिसम्म बुझेका छन्।
आफ्नो भाषणमा ममताले बाँकुड़ा र विष्णुपुरको सांस्कृतिक धरोहरको उल्लेख गरिन्। उनले भनिन्, यो क्षेत्रलाई शिक्षा, संस्कृति र संगीतको समृद्ध परम्पराको लागि चिनिन्छ। पर्यटनलाई प्रोत्साहित गरनको लागि यहाँ पानी र प्रकाश जस्ता आधारभूत सुविधाहरूको विकास गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा