
जलपाईगुड़ी, 31 मार्च (हि.स.)। जिल्लाको टिस्टा ब्रिज निकट बालापाड़ास्थित 27 (डी) राष्ट्रिय राजमार्गमा भएको एक सड़क दुर्घटनामा एक जना बाइक सवारको मृत्यु भयो। स्थानीय सूत्रानुसार यो दुर्घटना गए अबेर राती लगभग एक बजी भएको हो। दुर्घटनापछि घण्टौंसम्म बाइक सवारको सव सड़कमा लड़िरह्यो। मृतकको पहिचान दिलीप दासको रूपमा भएको छ जो पाताकाटा क्षेत्रको निवासी रहेको बताइएको छ। घटनाको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो। पुलिसले शवलाई कब्जामा लिएर अग्रिम कारबाही शुरू गरेको छ।
भनिन्छ, पछिल्लो दश दिनभित्रमा यस मार्गमा लगातार तीनजना मानिसहरूको दुर्घटनामा परी ज्यान गइसकेको छ। यसले गर्दा स्थानीय मानिसहरू धेरै चिन्तित र आक्रोशित भएका छन्। दुर्घटनाहरूलाई रोक्नका लागि अब पुलिस कड़ा तथा सतर्कता मूलक कदम उठाउने तयारीमा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा