पुलिस अब्जर्भर बीएल मिणाे नियापतपुर क्षेत्रको भ्रमण गरे
पुलिस अब्जर्भर बीएल मिणाे नियापतपुर क्षेत्रको भ्रमण गरे


आसनसोल, 31 मार्च (हि.स.)। आगामी 23 अप्रेलमा हुन गइरहेको विधानसभा चुनाउको पहिलो चरणको मतदानलाई लिएर चुनाउ आयोगले आफ्नो तयारीलाई तीव्रता दिनको साथै हरेक स्तरमा सतर्कता अप्नाइरहेको छ। यसै क्रममा मंगलवार बिहान चुनाउ आयोगका पुलिस अब्जर्भर बी. एल. मिणाले आसनसोल-दुर्गापुर पुलिस कमिश्नरेट अन्तर्गत कुल्टी थाना क्षेत्रको नियामतपुर फाँड़ी क्षेत्रको विस्तृत निरीक्षण गरे।

निरीक्षण अवधि उनले क्षेत्रका केही महत्वपूर्ण मतदान केन्द्रहरूको दौड़ाह गरे जसमा नियामतपुर धर्मशाला र लछिपुर ब्रह्मचारी स्कूल प्रमुख रूपमा सामेल छन्। यी बूथहरूमा पुगेर अब्जर्भरले सुरक्षा व्यवस्था, मतदानसित सम्बन्धित बुनियादी सुविधा एवं व्यवस्थाहरूको धरातलीय वास्तविकताको जाँच गरे। उनले यो सुनिश्चित गर्नेमाथि विशेष बल दिए, मतदानको दिन कुनै पनि प्रकारको अव्यवस्था वा बाधा उत्पन्न नहोस्।

यस अवसरमा नियामतपुर चौकीका प्रभारी अधिकारी मिहिर कुमार दे र अन्य पुलिस अधिकारीहरू पनि उनीसितै उपस्थित थिए। अधिकारीहरूले अब्जर्भरलाी क्षेत्रको सुरक्षा व्यवस्था, संवेदनशील बूथहरूको पहिचान, गस्ती व्यवस्था तथा तैनाथ पुलिस बलको जानकारी दिए।

पुलिस सूत्र मुताविक चुनाउ आयोगको निर्देशानुसार प्रत्येक मतदान केन्द्रको सूक्ष्म जाँच गरिंदैछ। यसमा बूथहरूमा पर्याप्त पुलिस बलको तैनाथी, सीसीटीभी व्यवस्था, मतदाताहरूको लागि पिउने पानी, शौचालय, बिजुली र ऱ्याम्प जस्ता सुविधाहरूको उपलब्धताको पनि जायजा लिइँदैछ ताकि बुजुर्ग अनि दिव्यांग मतदाताहरूलाई कुनै पनि प्रकारको समस्या नहोस्।

यस अतिरिक्त सम्भावित संवेदनशील औ अति-संवेदनशील बूथहरूमा विशेष निगरानी राख्ने योजना बनाइँदैछ। यी स्थानहरूमा अतिरिक्त सुरक्षा बललाई तैनाथ गरिनको साथै लगातार गस्ती पनि गरिनेछ। चुनाउ अवधि कानून-व्यवस्थालाई कायम राख्नको लागि पुलिस प्रशासनलाई पहिलाबाटै अलर्ट मोडमा राखिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande