असममा स्टार प्रचारकहरूको आगमन आरम्भ, राजनाथ सिंह आज आउनेछन्
असममा स्टार प्रचारकहरूको आगमन आरम्भ, राजनाथ सिंह आज आउनेछन्


गुवाहाटी, 31 मार्च (हि.स.)। केन्द्रिय रक्षा मन्त्री राजनाथ सिंह मंगलवार असम भ्रमणमा आइरहेका छन् जहाँ उनले आगामी विधानसभा चुनाउलाई ध्यानमा राखेर पार्टीको पक्षमा चुनाउ प्रचार गर्नेछ। अहिलेघरि एकपछि अर्को स्टार प्रचारकहरूको आगमनले राज्यको चुनावी माहोल झन् तातिएको छ।

भारतीय जनता पार्टी (भाजपा) तथा कंग्रेस—दुवै दलका शीर्ष नेताहरूले असममा आएर चुनावी अभियानलाई धार दिरहेका छन्। यसै क्रममा केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमण पहिलाबाटै असममा बसेकी छन् जसले भाजपाको ‘संकल्प पत्र’- को विमोचन कार्यक्रममा भाग लिइन्।

यसबीच प्रधानमन्त्री नरेन्द्र मोदी आजी रात असम आइपुग्नेछन्। उनको विमान राति 8:40 बजी डिब्रुगढ़ हवाईअड्डामा अवतरण हुनेछ जहाँ राज्य भाजपा अध्यक्ष दिलीप सैकियाले उनलाई स्वागत गर्नेछन्। प्रधानमन्त्रीले डिब्रुगढ़मै रात्रि विश्राम गरेपछि भोलि पल्ट दिउँसो राज्यमा चुनाउ प्रचार गर्नेछन्।

अर्कोतिर महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फणनवीस, केन्द्रिय मन्त्री नितिन गडकरी, बाबूलाल मराण्डी, स्मृति ईरानीले पनि आज विभिन्न चुनावी सभाहरूमा उपस्थित भएर भाजपाको पक्षमा प्रचार गर्नेछन्।

यता कंग्रेस नेता प्रियंका गान्धी पनि भोलि असम आइरहेकी छन्। उनले कंग्रेस तथा विपक्षी गठबन्धनका उम्मेद्वारहरूको समर्थनमा चुनावी सभाहरू गर्नेछन् जसबाट राज्यको चुनावी प्रतिस्पर्धा अझ् तीव्र हुने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande