श्रीरामपुर सीटबाट सन्तोष कुमार फेरि निर्दलीय उम्मेदवारको रूपमा मैदानमा
श्रीरामपुर सीटबाट सन्तोष कुमार फेरि निर्दलीय उम्मेदवारको रूपमा मैदानमा


हुगली, 31 मार्च (हि.स.)। जिल्लाको श्रीरामपुर विधानसभा क्षेत्रबाट सन्तोष कुमार सिंह एक पटक फेरि निर्दलीय उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रेका छन्। पेशाले होम्योप्याथिक प्र्याक्टिशनर डा. सिंहले यसअघि पनि वर्ष 2021- को विधानसभा चुनाउमा यसै सीटबाट निर्दलीय उम्मेद्वारको रूपमा उम्मेद्वारिता गरिसकेका छन् जहाँ उनलाई लगभग 0.5 प्रतिशत भोट प्राप्त भएको थियो।

मंगलवार पत्रकारहरूसित कुराकानी गर्दै डा. सिंहले भने, श्रीरामपुर क्षेत्रका मानिसहरू अहिले पनि विकासदेखि वञ्चित छन्। उनले आरोप लगाए, स्वास्थ्य, शिक्षा एवं रोजगार जस्ता आधारभूत क्षेत्रमा स्थानीय मानिसहरूले आफ्नो अधिकार पाइरहेका छैनन्। यी मुद्दाहरूलाई लिएर नै उनले फेरि एकपटक निर्दलीय उम्मेद्वारको रूपमा चुनाउ लड़्ने निर्णय लिएका हुन्।

डा. सिंहले भारतीय जनता पार्टी (भाजपा)- का उम्मेदवारलाई लक्षित गर्दै भने, वर्तमान उम्मेदवारले श्रीरामपुरको विकासमा कुनै ठोल योगदान दिरहेका छैनन्। उनले आरोप लगाए, आपदाको समयमा सम्बन्धित नेतालाई जनतामाझ देखिँदैन, अहिले चुनाउको बेलामा घर-घरमा गएर भोट मागिरहेका छन्।

वार्ड संख्या- 23 निवासी डा. सन्तोष कुमार सिंहले भने, उनको मुख्य उद्देश्य क्षेत्रका मानिसहरूलाई उनीहरूको अधिकार दिलाउनु तथा समग्र विकास सुनिश्चित गर्नु हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande