चन्द्रकोनामा ममता ब्यानर्जीको सभा हुन अगावै हावा-हुन्डरीले मञ्च क्षतिग्रस्त
चन्द्रकोनामा ममता ब्यानर्जीको सभा हुन अगावै हावा-हुन्डरीले मञ्च क्षतिग्रस्त


पश्चिम मेदिनीपुर, 31 मार्च (हि.स.)। जिल्लाको चन्द्रकोनामा प्रस्तावित तृणमूल कंग्रेसको जनसभा हुन अगाड़ि नै गए सोमवार राति आएको हावा-पानीले सभास्थलको पण्डाल आंशिक रूपमा क्षतिग्रस्त भयो। मंगलवार अपरान्ह तृणमूल कंग्रेस प्रमुख ममता ब्यानर्जीले पार्टी उम्मेदवार सूर्यकान्त दोलाईको समर्थनमा खीरपाईको चरकडांगा मैदानमा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

मंगलवार तृणमूल कंग्रेस प्रमुखको तीन वटा जनसभाहरू प्रस्तावित छन्। चन्द्रकोनापछि गड़बेता र विष्णुपुरमा पनि उनले पार्टी उम्मेद्वारहरूको समर्थनमा आयोजित सभाहरूलाई सम्बोधन गर्नेछन्।

प्राप्त जानकारी अनुसार गए सोमवार राति आएको हुरी-बतासले सभास्थलमा हेंगरले बाँधिएको त्रिपालको एक भाग खोलिएको छ भने मैदान परिपरी पानी र हिलो जमिएको छ। तथापि मंगलवार बिहानदेखिकै डेकोरेटर्सका कर्मचारीहरू तथा पार्टी कार्यकर्ताहरू युद्धस्तरमा मरम्मत एवं सफाई कार्यमा जुटेका छन्। जमिएको पानीलाई पम्प गरेर निकालिँदैछ भने हिलो भएको ठाउँमा बालुवा लगाएर सामान्य बनाइँदैछ।

तृणमूलका घाटाल संगठनात्मक जिल्लाध्यक्ष अजित माइतीले बताए, प्राकृतिक आपदाको कारण हेंगरबाट त्रिपाल खोलिएको थियो अनि मैदानमा पानी भरिएको थियो। उनले भने, पार्टीका कार्यकर्ताहरूले द्रूत गतिमा काम गरिरहेका छन्। ममता ब्यनर्जीको कार्यक्रमपूर्व सबै व्यवस्था गरिनेछ।

घाटाल जिल्ला युवा अध्यक्ष सौरभ चक्रवर्तीले पनि बताए, राति पानी रोकिनसाथ पम्प लगाएर पानी निकाल्ने काम शुरू गरिएको थियो। उनले भने, कार्यकर्ताहरू एकजुट भएर सभास्थललाई तयार पार्नमा लागिपरेका छौं, जनसभा निर्धारित समयमै हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande