
खरसाङ, 31 मार्च (हि.स.)। खरसाङ विधानसभा समष्टिमा सीपीआईएम (माक्सवादी कम्युनिष्ट पार्टी) को तर्फबाट तीनधारे निवासी उत्तम शर्मालाई उम्मेदवार बनाइएको छ। उनी विगत 1989 सालदेखि राजनीतिमा सक्रिय रहेका छन्। उनी योभन्दा पहिला पनि खरसाङ विधानसभा समष्टिमा उम्मेदवारको रुपमा चुनाउ मैदानमा उत्रेका थिए। यसपाली पनि माकपाले उनलाई पुन: उम्मेदवार बनाएको छ।
उत्तम शर्मा हालमा पार्टीको दार्जिलिङ जिल्ला कमिटीका सदस्य साथै किसान सभा दार्जिलिङ जिल्लाका सह सचिव हुन्। उनले लामो समयदेखि पार्टीको विभिन्न पदहरुमा रहेर कार्य गरेका छन्। उत्तम शर्माले डीवाईएफआई दार्जिलिङ जिल्लाका सभापतिको रुपमा तीनपल्टसम्म कार्य गरे भने 1995 देखि 2000 सम्म ग्राम पञ्चायत सदस्य रहेर पनि काम गरेका थिए।
उनी 2005 सम्म डीजीएचसीमा मनोनित कार्यकारी पार्षदको रुपमा पनि काम गरेका थिए। उनले यसपालीको विधानसभा चुनाउ पहाडको विकास लगायत यहाँको शिक्षा, स्वास्थ्य र बुनियादी विकासको नाममा साथै दार्जिलिङ पहाडलाई उच्च क्षमता सम्पन्न स्वायत्ता शासनको पक्षमा चुनाउ लडिरहेको पनि बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक