
खरसाङ, 31 मार्च (हि.स.)। खरसाङमा ब्राउन सुगरसहित एक युवक पक्राउ परेको छ। उक्त युवकलाई खरसाङको फाटक क्षेत्रबाट खरसाङ पुलिसले पक्राउ गरेको हो। युवकबाट 12 ग्राम ब्राउन सुगर जफत गरिएको छ। युवकलाई पुलिस हिरासतमा राखेको छ भने बुधवार कोर्टमा प्रस्तुत गरिने बताइएको छ।
खरसाङ पुलिस थानाका आईसी पलास मोहोतोले यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै बताए अनुसार, युवकलाई साँझ 6:30 बजीतिर खरसाङको फाटक क्षेत्रबाट पक्राउ गरिएको हो। युवकबाट 12 ग्राम ब्राउन सुगर जफत गरिएको छ। उनले उक्त युवकको परिचय 27 वर्षीय अनुशीलन आले रहेको बताए। आरोपी युवकलाई पुलिस हिरासतमा राखेको र बुधवार कोर्टमा प्रस्तुत गर्ने उनले बताए।
हिन्दुस्थान समाचार / हनोक