सोनाम पाल्जर तामाङले जिते 'मेरो कविता' को उपाधि, मुख्यमन्त्रीले दिए बधाई
सोनाम पाल्जर तामाङले जिते 'मेरो कविता' को उपाधि


गान्तोक, 31 मार्च (हि.स.)। सिक्किमका कवि सोनाम पाल्जर तामाङले नेपालमा आयोजित 'मेरो कविता- द रिदम अफ् पोएट्री सिजन-1' को उपाधि जित्न सफल बनेका छन्। उनी पश्चिम सिक्किमको रिन्छेनपोङ निर्वाचन क्षेत्रको तिन्जेरबोङ निवासी हुन्।

मुख्यमन्त्री प्रेमसिंह तामाङले सोनाम पाल्जर तामाङलाई 'मेरो कविता- द रिदम अफ् पोएट्री सिजन-1' जितेकोमा हार्दिक बधाई दिएका छन्। उनले सामाजिक सञ्जालमा आज सोनामलाई बधाई दिॅंदै कविताप्रतिको उनको समर्पण र लगावले साँच्चै फल दिएको उल्लेख गरेका छन्। उनको उपलब्धि हामी सबैका लागि अपार गर्वको क्षण हो भनी उनले बताएका छन्।

मुख्यमन्त्रीले सोनाम पाल्जर तामाङको उज्जवल भविष्यको कामना गर्दै भविष्यका प्रयासहरूका लागि शुभकामना व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande