
कोलकाता, 30 मार्च (हि.स.)। अलिपुर मौसम विभागले पश्चिम बंगालको मौसमलाई लिएर अलर्ट जारी गरेको छ। विभाग अनुसार दक्षिण बंगालका सात वटा जिल्लाहरूमा 50-60 किलोमीटर प्रतिघण्टाको गतिले हुरी आउने सम्भावना छ। मंगलवार बिहानदेखिकै कोलकाता सहित वरिपरीका क्षेत्रहरूमा आकाश घना बादलले ढाकेको छ। कुनै-कुनै ठाउँमा हल्का वर्षा पनि दर्ता गरिएको छ।
मौसम वैज्ञानिकहरू मुताविक मंगलवार दिनभरि आकाशमा बादल लाग्नेछ। केही क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षासँगै 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने आशंका छ। कोलकातामा मंगलवार न्यूनतम तापमान 23 डिग्री सेल्सियस दर्ता गरियो भने बितेको 24 घण्टामा शहरमा 4.4 मिलीमीटर वर्षा रेकर्ड गरिएको छ।
खराब मौसमले जनजीवनसँगसँगै राजनीतिक कार्यक्रमहरूलाई पनि प्रभावित पारिरहेको छ। पश्चिम मेदिनीपुर जिल्लाको चन्द्रकोणमा हुरी-बताससितै परेको मुसलधारे पानीले मुख्यमन्त्री ममता ब्यनर्जीको सभास्थललाई आंशिक नोक्सान पुऱ्यायो। हावाले उड़ाएको पण्डालको त्रिपाललाई मरम्मत गर्न पार्टी कार्यकर्ताहरू जुटेका छन्। कार्यकर्ताहरूले सभास्थललाई व्यव्थित बनाउने काम गरिरहेका छन्।
मौसम विभागले विशेष रूपमा बाँकुड़ा, पूर्व बर्धमान औ हुगली जिल्लामा असिना पानी पर्ने सम्भावना व्यक्त गरेको छ। यसबाहेक हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना तथा नदिया जिल्लामा 50-60 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्न सक्ने सम्भावनालाई केन्द्र गर्दै मानिसहरूलाई सतर्क बस्ने सल्लाह दिइएको छ।
आगामी पूर्वानुमान अनुसार बुधवारदेखि दक्षिण बंगालका अधिकांश जिल्लाहरू जस्तै कोलकाता, हावड़ा, हुगली, पुरुलिया र बीरभूममा मौसम सफा हुन शुरू हुनेछ जसबाट तापमान पनि बढ़्नसक्छ। तथापि दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर तथा झाड़ग्राममा बुधवार पनि कतै-कतै हावापानी आउनसक्छ।
यसरी नै उत्तर बंगालमा प्रतिकूल मौसमको प्रभाव अपेक्षाकृत अधिक समयसम्म रहने सम्भावना छ। यहाँका पाँच वटा जिल्लाहरूमा 50-60 किलोमीटर प्रतिघण्टाको गतिले तूफान आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर अलर्ट जारी गरिएको छ। मौसम विभागानुसार उत्तर बंगालमा आगामी 7 अप्रेलसम्म हल्कादेखि मध्यम वर्षाको सिलसिला जारी रहने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा