
नयाँ दिल्ली, 07 मार्च (हि.स.)। दिल्लीका क्याबिनेट मन्त्री पंकज सिंहले सांसद कमलजित सहरावतसित शनिवार उत्तम नगर हत्याकाण्डका पीड़ित परिवारसित भेट गरे। उनले यस घटनालाई अत्यन्त लज्जाजनक तथा दुःखदाी बताउँदै परिवारलाई सान्त्वना दिए।
पंकज सिंहले भने, आज सांसद सहित अन्य मानिसहरूको साथमा दुःखी परिवारलाई भेट गऱ्यौं। यस कठिन घड़ीमा सरकार परिवारको साथमा र उनीहरूलाई आश्वासन दिन्छ कि प्रशासन तथा पुलिसले आफ्नो काम गर्नेछ। जुन घटना घट्यो त्यो अत्यन्त निन्दनीय छ। यस्तो त्रासदीको वर्णन गर्नको लागि शब्द नै छैन। दुई दिनअघि मात्र एक जना पिताले आफ्नो छोरालाई यसरी गुमाएका छन्।
पंकज सिंहले यसलाई अत्यन्त लज्जास्पद घटना बताउँदै दोषीहरू विरूद्ध कड़ा कारबाही गर्ने भरोसा दिलाएका छन् साथै सबैसित शान्ति अनि भाइचारालाई कायम राख्ने अपील समेत गरेका छन्।
यस अवसरमा सांसद सहरावतले अपराधीलाई कड़ा सजाय दिलाउने जनतालाई आश्वासन दिएका छन्। उनले बताए, पीड़ित युवक विवादमा सामेल थिएन। बाहिरबाट आएर बाइक पार्क गरिरहेको थियो, अचानक उमाथि हमला भयो। उनले यस घटनाको निन्दा गरे।
उल्लेखनीय छ, होलीको दिन उत्तम नगरको जेजे कलोनीमा एक जना नाबालिकामाथि पानीले भरिएको फकुण्डो फालेको विषयलाई लिएर दुई भिन्न-भिन्न समुदायको परिवार आपस्तमा भिड़ेका थिए। पछि दोस्रो पक्षले होली खेलेर आइरहेको युवकको नातेदार तरूणको कुटेरै हत्या गरिदियो। घटनाको कारण क्षेत्रमा तनाउ व्याप्त भएको छ जसलाई केन्द्र गर्दै ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको छ। गए शुक्रवार आक्रोशित मानिसहरूले आरोपीको घर सामु बाइक र कारमा आगो लगाइदिएका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा