
खरसाङ, 07 मार्च (हि.स.)। खरसाङस्थित गोर्खा जनपुस्तकालय भवनको गोर्खा डा पारसमणि प्रधान प्रेक्षागृहमा आज खरसाङ सार्की समाज खरसाङ महकुमा समितिको आयोजनामा सम्वर्द्धना कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रमको अध्यक्षता अर्जुन सार्कीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा सार्की विकास बोर्डका चेयरम्यान सदीप सार्की उपस्थित रहेका थिए।
कार्यक्रममा दार्जिलिङका ख्यातीप्राप्त संगीतकार चन्दन लम्जेललाई बंग भूषण पुरस्कार प्राप्त गरेकोमा बधाई तथा शुभकामनासहित सम्वर्द्धना जनाइयो। यस अवसरमा समाजका दुई वरिष्ठ सदस्य मंगल सार्की र केबी लम्जेल अनि निक्की मंग्राती एएसईलाई पनि सम्मान जनाइयो।
आफ्नो सम्बोधन राख्ने क्रममा वरिष्ठ संगीतकार चन्दन लम्जेल निकै भावुक देखिए। उनले मुख्यमन्त्री ममता ब्यानर्जीको बाहुलीद्वज्ञरा राज्यको सबैभन्दा ठूलो पुरस्कार प्राप्त गरेको जानकारी गराए। उनले आगामी दिनहरूमा पनि समाजको लागि धेरै काम गर्ने विचार राखे।
कार्यक्रमलाई प्रमुख अतिथि चेयरम्यान सदीप सार्कीले पनि सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक