
खरसाङ, 07 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी तीनधारे समष्टिमा चुनाउ कमिटी गठनका लागि आज घैयाबारीको बुथ नम्बर 256 मा चुनावी सभा सम्पन्न भयो। उक्त सभा घैयाबारीस्थित समष्टि पार्टी कार्यालयमा 256 बुथका सभापति एवं कर्माध्यक्ष दावा वाङ्दी लामाको अध्यक्षतामा सम्पन्न भयो।
सभामा घैयाबारीको 256 बुथमा चुनाउ कमिटी गठन गरियो। उक्त बुथ स्तरीय चुनाउ कमिटीमा मुख्य संरक्षकको रूपमा सुरज दुराल, सह संयोजकहरु बसन्ती सुब्बा, मिरा राई, रञ्जु थापा, सुरज छेत्री, आशिका तामाङ र अरुणा तामाङलाई कोषाध्यक्षा चयन गरिएको छ। यसका साथै, 43 जनाको चुनाउ कमिटी गठन गरिएको छ।
सभालाई महानदी तीनधारे समष्टिका सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, नारी शक्तिकी समष्टि सभापति निरा प्रधान र सभाध्यक्ष दावा वाङ्दी लामाले सम्बोधन गरेका थिए।
सभामा भागोप्रमो समष्टिका प्रवक्ता बिपन विश्वकर्म, युवा शक्ति समष्टि सभापति केवल राई, लगायत अन्यहरु पनि उपस्थित रहेको घैयाबारी ग्राम पञ्चायत दुईका उप प्रधान रञ्जित थापाले जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक