
भागलपुर, 07 मार्च (हि.स.)। विधानसभा चुनाउ सम्पन्न भएको तीन महिना पनि नबित्दै बिहारको राजनीतिमा आएको ठूलो परिवर्तनलाई लिएर विपक्षले प्रश्न उठाउन शुरू गरेको छ। कंगरेस नेता तथा पूर्व विधायक अजित शर्माले यसलाई ठूलो षड़यन्त्र बताउँदै शनिवार भने, मुख्यमन्त्री रहेका नीतीश कुमार राज्यसभामा जानु बिहारका जनताको जनादेशसित विश्वासघात हो। अजित शर्माले भने, वर्ष 2025- को विधानसभा चुनाउमा नीतीश कुमारको अनुहार देखाएर जनतासित भोट मागिएको थियो, तर अब उनले नै बिहार छोड़ेर जानु भनेको जनताप्रति विश्वासघात हो। उनले आरोप लगाए, भाजपाले नीतीश कुमारलाी हाइज्याक गरेको छ। यो फसेला उनको व्यक्तिगत हुनैसक्दैन। उनले भने, भाजपाको पुरानो इतिहास रहिआएको छ कि उसले आफूसित रहेको कुनै पनि पार्टीलाई अगाड़ी बढ़्नै दिँदैन।
अजित शर्माले भने, चिराग पासवान र चन्द्रबाबू नायडूले पनि यसबाट पाठ सिक्नुपर्छ। कंग्रेस नेताले नीतीश कुमारसित अपील गर्दै भने, उनी बिहार छोड़ेर नजाउन् जबकि महागठबन्धनसित आएर पुनः चुनाउ गराउन्। यदि फेरि चुनाउ भयो भने इण्डिया गठबन्धनले बिहारमा नयाँ सरकार बनाएर विकासको काम गर्नेछ। यसको साथै अजित शर्माले जदयू विधायकहरूसित पनि आग्रह गरे, उनीहरू चाँड़ोभन्दा चाँड़ो महागठबन्धनमा सामेल होउन्, नत्र भाजपाले उनीहरूको जनादेशलाई पनि समाप्त गरिदिनेछ। उनले सबै विपक्षी दलहरूले मिलेर नयाँ सरकार बनाउने दिशामा कदम उठाउने आग्रह समेत गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा