
बरपेटा (असम), 07 मार्च (हि.स.)। बरपेटा जिल्ला अन्तर्गत बहिरी क्षेत्रबाट ब्रह्मपुत्र नदीमा डुबेर बेपत्ता भएकी किशोरी रिता टियारको शव शनिवार भेटियो। रिता टियार बहिरी बजार निवासी सुरजित टियारकी छोरी थिइन्। ज्ञात रहोस्, हिजो ब्रह्मपुत्र नदीमा डुबेपछि रिता टियार बेपत्ता भएकी थिइन्। आज एसडीआरएफको टीमले अभियान संचालन गरी किशोरीको शवलाई आफ्नो कब्जा लिएको छ।
उल्लेखनीय छ, बितेको शुक्रवार होली खेल्दा-खेल्दै 10-12 जना किशोर-किशोरीहरूको एक टीम बहिरीस्थित ब्रह्मपुत्र नदीमा नुहाउन गएको थियो। यीमध्ये 6 जना किशोर-किशोरीहरू ब्रह्मपुत्र नदीमा डुबेका थिए। स्थानीयहरूले तुरून्तै बचाउ कार्य शुरू गरेर दुई जनालाई सुरक्षित बाहिर निकाले भने चार जना नदीमा डुबे। यीमध्ये तीन जनाको शव हिजो भेटाइयो भने रिता बेपत्ता भएकी थिइन्।
रिता टियरको शवलाई पोस्टमर्टम गर्नको लागि बरपेटा मेडिकल कलेज एण्ड अस्पतालमा पठाइएको छ। हिजो शव निकालिएकाहरूमा विष्णु माझी (18), अनिता टियार (17) र राजकुमार टियार (17) सामेल छन्। पुलिसले घटनाको सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा