
दिमा हसाओ (असम), 07 मार्च (हि.स.)। राज्यको दीमा हसाओ जिल्लामा पुलिसले क्षेत्रमा घटित एक अपहरण तथा गोलीकाण्डमा कथित रूपमा सामेल दुईजना मानिसहरूलाई पक्राउ गरेको छ।
पुलिस मुताविक माइबांग पुलिस स्टेशनको हरिचन्द्रपुर निवासी सुरेश खेरक्षा उपनाम हरिश चन्द्र (42)-लाई शनिवार बिहान पुलिस अधिकारी हिमांशु बोरगोहाईंको टीमले पक्राउ गऱ्यो।
पुलिसले भन्यो, आरोपी कथित रूपमा पछिल्लो 25 अप्रेल, 2025 -मा लोंगखोर क्षेत्रमा भएको एकजना ट्रक ड्राइभरको अपहरणमा सामेल थियो। सूचना प्राप्त भएको छ, उ 16 फरवरी, 2026-मा दिखाखोरमा भएको फायरिंगको घटनासित पनि जोड़िएको छ।
अधिकारीहरूले भने, जिल्ला पुलिसले लगभग एक वर्षदेखिको आरोपीलाई खोजिरहेको थियो। अन्तत खोजी अभियानको क्रममा आरोपीलाई पक्राउ गरियो। उक्त घटनाक्रमको सम्बन्धमा पुलिसले माइबांग पुलिस स्टेशन अन्तर्गत फैदिन निवासी हमचेन डिब्रागड़े (41)-लाई पनि पक्राउ गरेको छ। पुलिसले दुवैसित गहन जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा