
होजाई (असम), 07 मार्च (हि.स.)। होजाई जिल्लान्तर्गत लमडिंगमा दिन-प्रतिदिन बढ़्दो चोरीको आतंकबीच चोरेको सामग्रीसितै एक जना चतुर चोरलाई पुलिसले पक्राउ गरेको छ। स्थानीय मानिसहरूले चोरेको ग्यासको सिलेण्डरसित सानु नामक चोरलाई समाते। स्थानीयहरूले जाँचबुझपछि चोरलाई पुलिसकहाँ सुम्पिदिए। जाँचबुझमा उसले आफ्नो अपराधलाई स्वीकार गऱ्यो।
लीला रानी मजुमदार नामक एक जना गरीब महिलाको घरको ताला भत्काएर सानु नामक चोरले ग्यास सिलेण्डर चोरेको तियो। चोरले उक्त सिलेण्डरलई गुर बस्ती निवासी गीता नामक महिलालाई 15 सय रुपियाँमा बेचेको थियो। चतुर चोर सानुमाथि पहिला पनि चोरीको आरोप लाग्दै आएको छ। सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर चोरलाई हिरासतमा लियो अनि अग्रिम जाँचको लागि आफूसितै चोरलाई थानामा लिएर गयो। पुलिसले घटनाको सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा