
कोकराझार (असम), 07 मार्च (हि.स.)। कोकराझार जिल्लाको फकिराग्राममा आज बोड़ोल्याण्ड टेरिटोरियल कउन्सिल (बीटीसी) सरकारको पहलमा वरिष्ठ नागरिकहरूलाई आर्थिक सहायता प्रदान गर्ने उद्देश्यले एक कार्यक्रम आयोजना गरियो। फकिराग्राम परिषदीय क्षेत्रका एमसीएलए एजामुल हकको कार्यालयमा आयोजित सो कार्यक्र्ममा क्षेत्रका केही वरिष्ठ नागरिकहरू उपस्थित थिए।
कार्यक्रम अवधि कोकराझारमा आयोजना हुने प्रधानमन्त्रीको आगामी सभालाई लिएर चर्चा गरिनको साथै बीटीसी प्रमुख हग्रामा मोहिलारीद्वारा चुनाउ अवधि जनतासित गरिएका पाँच प्रमुख वाचाहरूको पनि उल्लेख गरियो जसान्तर्गत विभिन्न वर्गका मानिसहरूलाई आर्थिक सहायता प्रदान गर्ने योजनामाथि कार्य गरिँदैछ।
बोडोल्याण्ड पीपुल्स फ्रण्ट (बीपीएफ)-ले चुनाउको समयमा भूमि पट्टा वितरण, स्वयं सहायता समूहहरूलाई आर्थिक सहयोग, बेरोजगार युवाहरूलाई आर्थिक सहायता, वरिष्ठ नागरिकहरूलाई सहायता तथा विशेष रूपमा सक्षम व्यक्तिहरूलाई आर्थिक सहयोग दिने वाचा गरेको थियो। यसैको निम्ति आज यो बैठक आयोजना गरिएको हो।
कार्यक्रममा 50 जना वरिष्ठ नागरिकहरूलाई 10-10 हजार रुपियाँको आर्थिक सहायतास्वरूप चेक वितरण गरियो। यस अवसरमा एमसीएलए अतिरिक्त बीपीएफ केन्द्रिय समितिका प्रतिनिधिहरू पनि उपस्थित थिए। साथै फकिराग्राम ब्लक समितिका महासचिव पुलकेश राय, फकिराग्राम ब्लक युवा बीपीएफका अध्यक्ष कमाल हुसैन औ फकिराग्राम ब्लक महिला समितिकी अध्यक्ष पूर्णा चक्रवर्ती सहित अन्य गण्यमान्य मानिसहरू पनि कार्यक्रममा उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा