प्रवासी मजदुरको रहस्यमय परिस्थितिमा मृत्यु, शरीरमा चोटको निशान हेर्दा भएको आशंका
प्रवासी मजदुरको रहस्यमय परिस्थितिमा मृत्यु, शरीरमा चोटको निशान हेर्दा भएको आशंका


पुरुलिया, 07 मार्च (हि.स.)। कामको खोजीमा बेंगलुर गएका यहँका एक जना प्रवासी मजदुरलाई शुक्रवार अपरान्ह एम्बुलेन्स मार्फत अचेत अवस्थामा घरमा ल्याइयो। स्थानीय स्वास्थ्य केन्द्रमा पुऱ्याउँदा डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। मृत प्रवासी मजदुरको नाम शंकर नायक (39) हो जो झालदा थाना क्षेत्रको गोकुलनगर गाउँका निवासी थिए।

प्राप्त जानकारी अनुसार जुन व्यक्तिसित शंकर बेंगलुरू गएका थिए उसैले उसलाई एम्बुलेन्समा गाउँमा ल्यायो। उक्त व्यक्तिले ग्रामीणहरूलाई बताए, उनीहरू पछिल्लो सोमवार बेंगलुरू पुगेका थिए। तर भोलिपल्टै अर्थात मंगलवार सबेरै शंकर त्यहाँबाट बेपत्ता भएका थिए। पछि उसलाई सड़क किनारमा भेटियो। उसको शरीरभरि चोट लागेको थियो। त्यसैले उसलाई एम्बुलेन्स मार्फत गाउँमा ल्याइँदैथ्यो, बीच बाटोमा शंकर अचेत भयो। तथापि परिवारको भनाइ छ, यदि उ घाइते थियो भने बेंगलुरूको स्थानीय अस्पतालमा भर्ती किन गराइएन? उनलाई सोझै एम्बुलेन्स मार्फत घरमा किन ल्याइयो? परिवारका सदस्य तथा छिमेकीहरूको आरोप छ, शंकरको शरीरमा नीलो भइसकेको घाउलाई हेर्दा उसको हत्या गरिएको हो। यसलाई लिएर ग्रामीणहरूको उक्त व्यक्तिसित विवाद पनि भयो।

शनिवार बिहान पुलिसले बतायो, जुन व्यक्तिले एम्बुलेन्समा शंकरलाई गाउँमा ल्याएको थियो, उसित जाँचबुझ गरिँदैछ।

अर्कोतिर गत बिहिवार अबेर राति बेंगलुरुबाट कोटशिला थाना क्षेत्रको खैरी गाउँ निवासी प्रवासी मजदुर अनादी महतोको शव पनि गाउँमा ल्याइएको थियो। शुक्रवार गाउँमै उसको अन्तिम संस्कार गरियो। उसको अन्तिम यात्रामा आदिवासी कुड़मी समाजका नेता अजित महतो पनि सामेल भएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande