
नयाँ दिल्ली, 07 मार्च (हि.स.)। दिल्लीका शिक्षा मन्त्री आशिष सूदले शनिवार जनकपुरी विधानसभा क्षेत्रको सी-1ए ब्लक तथा सी-2 ब्लकमा लगभग 1.60 कड़ोर रुपियाँको लागतमा निर्मित विभिन्न विकास कार्यहरूको शुभारम्भ गरे।
सूदले बताए, यी दुवै ब्लकमा सीवर, पानीको पाइप लाइनको काम, डेन्स कार्पेटिंग, सड़क निर्माण आदिको काम पछिल्लो सरकारको समयमा थाँतीमा रहेको छ। विकासको काम नभएकोले स्थानीय मानिसहरूलाई जिउनै गाह्रो भइरहेको छ। आज जनकपुरीको सी-1ए ब्लकमा लगभग 86.37 लाख रुपियाँको लागतमा केही महत्वपूर्ण कार्य आरम्भ गरियो जसमा सीवर लाइन बिछाउने कार्य, ड्रेन वा सड़क निर्माण तथा डेन्स कार्पेटिंगको कार्य सामेल छन्। यी कार्यहरूबाट क्षेत्रको मूलभूत सुविधालाई सुदृढ़ बनाइनेछ। साथै स्थानीय मानिसहरूलाई श्रेष्ठ आधरभूत ढाँचा उपलब्ध हुनेछ।
यसको साथै सी-2 ब्लक, जनकपुरीमा लगभग 73.91 लाख रुपियाँको लागतमा विभिन्न विकास कार्यहरूको शुभारम्भ गरियो। यी कार्यहरूमा सी2/116 से सी2/230 सम्म सीवर लाइन बिछाउनेके कार्य, इन्टरलकिंग टाइल्सद्वारा गल्ली निर्माण, ब्याक लेनको आरएमसीद्वारा निर्माण तथा अन्य आधारभूत सुविधाहरूको विकाससित सम्बन्धित कार्यहरू सामेल छन्।
शिक्षा मन्त्रीले भने, सरकारले दिल्लीका सबै क्षेत्रमा द्रूत गतिमा विकासका सबै कार्यहरू गरिरहेको छ। प्रत्येक विधानसभा क्षेत्रमा बुनियादी सुविधाहरूलाई मजबुत बनाउनु तथा उत्कृष्ट जीवन-स्तर उपलब्ध गराउनु सरकारको लक्ष्य रहिआएको छ। जनकपुरीमा शुरू गरिएको विकास कार्यले स्थानीय मानिसहरूले पछिल्लो लामो समयदेखिकै भोग्दै आइरहेका समस्याहरूको समाधान गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा