राज्यसभा चुनाउः भाजपा उम्मेद्वार राहुल सिन्हाको नामांकनमा अनियमितताको आरोप, तृणमूलले चुनाउ आयोग समक्ष गऱ्यो सिकायत
राज्यसभा चुनाउः भाजपा उम्मेद्वार राहुल सिन्हाको नामांकनमा अनियमितताको आरोप, तृणमूलले चुनाउ आयोग समक्ष गऱ्यो सिकायत


कोलकाता, 07 मार्च (हि.स.)। तृणमूल कंग्रेसले भारतीय जनता पार्टी (भाजपा)-का राज्यसभा उम्मेद्वार राहुल सिन्हाको नामांकन पत्रको जाँच प्रक्रियामा कथित रूपमा अनियमितता भएको आरोप लगाउँदै चुनाउ आयोगलाई पत्राचार गरी मामिलाको जाँच गर्ने माग गरेको छ।

यस पत्रको प्रति शनिवार पत्रकारहरूसित साझा गरियो। तृणमूल कंग्रेसले आरोप लगायो, राहुल सिन्हाको प्रपत्र 26-को शपथ पत्रमा वित्तीय घोषणा, सम्पत्ति, वाहन, देनदारी तथा निवेशसित सम्बन्धित जानकारीमा “लुकाइएको, असंगति र अधुरो जानकारी” उल्लेख गरिएको छ जसलाई जाँच अवधि अदेखा गरियो।

भाजपा उम्मेद्वार राहुल सिन्हाले उक्त आरोपलाई खारेज गर्दै भने, नामांकन दर्ता गर्दा जमा गरिएका दस्तावेजहरू पूर्ण रूपमा सही छन्। उनले भने, “तृणमूल कंग्रेसले झुटो तथा कमजोर आधारमा मेरो उम्मेद्वारी रद्द गराउन चाहन्थ्यो, तर रिटर्निंग अधिकारीले उनीहरूको आपत्तिलाई खारेज गरिदिए।”

यस सम्बन्धमा तृणमूल कंग्रेसका वरिष्ठ नेता औ मन्त्री अरूप विश्वासले सिकायत दर्ता गराए। उनले भने, नामांकन पत्रको जाँच अवधि पार्टीले बिस्वजित (राहुल) सिन्हाका दस्तावेजहरूमा कथित विसंगतितर्फ ध्यान आकर्षण गराएको थियो, तर रिटर्निंग अधिकारीले यसमाथि ध्यानै दिएनन्।

पत्रमा तृणमूल कंग्रेसले चुनाउ आयोगसित आग्रह गरेको छ, यी कथित अनियमितताहरूको तुरून्तै जाँच गरियोस्, नामांकन जाँच प्रक्रियालाई शून्य घोषित गरियोस् तथा उम्मेद्वारको नामांकनको वैधतामाथि पुनर्विचार गरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande