यूपीएससी-2025 मा सफल भएका पश्चिम बंगालका एघारजना उ्म्मेद्वारहरूलाई मुख्यमन्त्रीले दिइन् बधाई
यूपीएससी-2025 मा सफल भएका पश्चिम बंगालका एघारजना उ्म्मेद्वारहरूलाई मुख्यमन्त्रीले दिइन् बधाई


कोलकाता, 07 मार्च (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले शनिवार बताइन्, राज्य सरकारको प्रशिक्षण केन्द्रबाट तयार भएका एघारजना उम्मेद्वारहरूले संघ लोकसेवा आयोग- 2025 को सिभिल सेवा परीक्षामा उल्लेखनीय सफलता हासिल गरेका छन् जसमध्ये लगभग आधा छात्रहरू समेल रहेका छन्।

मुख्यमन्त्रीले सफल भएका उम्मेद्वारहरू, उनीहरूका अभिभावकगण तथा शिक्षकहरूलाई बधाई दिँदै भनिन्, यो उपलब्धि राज्यका युवाहरूको लागि प्रेरणादायक छ। उनले भनिन्, राज्य सरकारको सत्येन्द्र नाथ टैगोर सिभिल सर्भिस स्टडी सेन्टरको माध्यमबाट उम्मेद्वारहरूलाई अत्यन्त छुट दरमा कोचिंग सहायता प्रदान गरिन्छ र यस पहलको सकारात्मक परिणाम हामी सामु आइरहेको छ।

मुख्यमन्त्री अनुसार केन्द्रबाट प्रशिक्षण प्राप्त गर्ने जुन उम्मेद्वारहरूले अन्तिम मेरिट सूचीमा स्थान हासिल गरेका छन् त्यसमा दीक्षा राय (40), आकाश कुमार राय (279), वैश्ना विश्वास (367), गौतम ठाकुरी (432), देबज्योति हलदर (443), देबब्रत प्रमाणिक (467), एस. निवेद कुमार (486), मोहसिना बानो (648), जूही दास (649), कीर्ति चौधरी (760) औ एनीएला शेर्पा (893) सामेल छन्।

उनले भनिन्, यी उम्मेद्वारहरूको उत्कृष्ट ऱ्यांकको आधारमा उनीहरू भारतीय प्रशासनिक सेवा, भारतीय पुलिस सेवा सहित अन्य शीर्ष सेवाहरूमा सामेल हुने सम्भावना छ।

मुख्यमन्त्रीले यो पनि भनिन्, पश्चिम बंगालमा अन्य उम्मेद्वारहरूले पनि यस अखिल भारतीय परीक्षामा सफलता हासिल गरेका छन् र उनीहरू पनि शीर्ष सेवाहरूमा चयन हुने आशा छ।

ममता ब्यनर्जीले भनिन्, राज्य सरकारको प्रोत्साहन र निरन्तर सहयोगले युवाहरूलाई प्रेरित गरेको छ। यो सफलताले भविष्यमा अझ बढ़ी युवाहरूलाई अखिल भारतीय प्रतिस्पर्धी परीक्षाहरूमा भाग लिनको लागि प्रोत्साहित गर्नेछ। उनले सफल उम्मेद्वारहरूको उपलब्धिलाई राज्यको लागि गर्वको विषय बताइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande