
कोलकाता, 07 मार्च (हि.स. )। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शनिवार घोषणा गरेकी छन्, राज्य सरकारको ‘युवा साथी’ योजना अन्तर्गत भत्ता अब अप्रेलको सट्टा यसै महिनादेखि लाभार्थीहरूको खातामा पठाइनेछ। उनले भनिन्, आज अर्थात शनिवार 7 मार्चदेखि नै लाभार्थीहरूको ब्यांकथातामा राशि जमा हुन थाल्नेछ।
धर्मतलाको मेट्रो च्यानलस्थित धरना मञ्चबाट बोल्दै मुख्यमन्त्रीले भनिन्, पहिला यस योजना अन्तर्गत एक अप्रेलदेखि भुक्तान गर्ने निर्णय लिइएको थियो, तर अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यसलाई पहिलाबाटै शुरू गर्ने फसेला लिइएको छ।
मुख्यमन्त्रीले भनिन्, 21 देखि 40 वर्षसम्मका लगभग एक कड़ोर युवक-युवतीहरूले यस योजनाको लागि आवेदन गरेका छन्। योजना अन्तर्गत पात्र लाभार्थीहरूलाई हरेक महिना 15 सय रुपियाँ भत्ता उनीहरूको ब्यांक खातामा पठाइनेछ।
उनले बताइन्, यस योजनाको लाभ लिनको लागि आवेदक माध्यमिक वा समकक्ष परीक्षा उतीर्ण हुन आवश्यक छ। साथै यो योजना ती युवाहरूको लागि मात्र हो जसले कुनै प्रकारको नोकरी वा काम गरिरहेका छैनन्। लाभार्थीहरूले अधिकतम पाँच वर्षसम्म यस योजनाको लाभ उठाउन सक्नेछन्।
मुख्यमन्त्रीले यो पनि स्पष्ट पारिन्, सरकारको कुनै पनि अन्य सामाजिक योजनाको लाभ उठाइरहेका मानिसहरू यस योजनाको लागि पात्र हुने छैनन्। तथापि छात्रवृत्ति, शिक्षाश्री, कन्याश्री वा रूपश्री जस्ता योजनाहरूको लाभ लिेने विद्यार्थीहरू ‘युवा साथी’ योजनाको लागि पात्र रहनेछन्, किनभने यी योजनाहरू पढ़्नको लागि दिइएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा