राघव चड्ढाले भने- आफ्नो कामलाई बोल्न दिन्छु
राघव चड्ढाले भने- आफ्नो कामलाई बोल्न दिन्छु


नयाँ दिल्ली, 10 अप्रेल (हि.स.)। आम आदमी पार्टी (आआपा)-सित मतभेद भएको समाचारहरूबीच राज्यसभा सदस्य राघव चड्ढाले शुक्रवार इन्स्टाग्राममा “भोइस रेज्ड, प्राइस पेड” शीर्षकमा एउटा भीडियो साझा गरी आआपा नेताहरूमाथि चर्को हमला गरे। यस भीडियोमा उनले संसदमा उठाइएका विभिन्न मुद्दाहरूको क्लिप्सलाई संकलन गरेका छन्। उनले भने, आफ्नो कामलाई बोल्न दिन्छु।

चड्ढाले इन्स्टाग्राम पोस्टमा लेखे, मेरो संसदीय प्रदर्शनलाई लिएर प्रश्न उठाइरहेका मानिसहरूप्रति पूर्ण सम्मानपूर्वक भन्न चाहन्छु कि मेरो कामले बोल्नेछ। चड्ढाले यी आरोपहरूलाई शिराबाटै खारेज गर्दै यसलाई झुटो बताए। उनले भने, उनी संसदमा जनताको मुद्दा उठाउन जान्छन्, हो-हल्ला गर्न होइन।

उल्लेखनीय छ, आआपले गत 2 अप्रेलको दिन राघव चड्ढालाई राज्यसभामा उपनेताको पदबाट हटाएको थियो। पार्टीे उनीमाथि संसदमा सरकारविरूद्ध आक्रमकता देखाएको तथा “सफ्ट पीआर” गरेको आरोप लगाएको थियो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande