खरसाङमा बाबासाहेब डा भीमराव अम्बेडकरको 135औं जयन्ती समारोह सम्पन्न
खरसाङमा बाबासाहेब डा भीमराव अम्बेडकरको 136 औं जन्म जयन्ती समारोह सम्पन्न


खरसाङ, 14 अप्रेल (हि.स.)। खरसाङमा पार्वत्य तराई अनुसूचित जाति संयुक्त मञ्चको आयोजनामा आज बाबासाहेब डा भीमराव अम्बेडकरको 135औं जयन्ती पालन गरियो। खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा आयोजित कार्यक्रमको अध्यक्षता मञ्चका उपाध्यक्ष तारकेश्वर रावतले गरेका थिए। कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा मुख्य र जीटीएका सल्लाहकार अमर लामा विशिष्ट अतिथि थिए।

कार्यक्रममा प्रमुख अतिथि थापा र दार्जिलिङका वरिष्ठ संगीतकार चन्दन लम्जेललाई पार्वत्य तराई अनुसूचित जाति संयुक्त मञ्चको तर्फबाट सम्वर्द्धना जनाइयो। यसका साथै, डा भीमराव अम्बेडकर फेलोशिप प्रापक मञ्चका सभापति रवि तोलङ्गी र प्रकाश सेवालाई पनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनायो।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि अमर लामाले भने, 'संविधान निर्माता बाबासाहेब डा भीमराव अम्बेडकरको जन्म जयन्ती कार्यक्रममा उपस्थित हुन पाउँदा आफुलाई भाग्यमानी ठानेको छु। डा अम्बेडकर संविधानका पिता थिए। उनकै चेयरम्यानशीपमा संविधान लेखिएको थियो। उनी जातीय भेदभावको विरुद्धमा थिए। उनले उत्पीडन सहेर पनि कानुनविद् बनेका थिए। उनी स्वतन्त्र भारतको पहिलो शिक्षामन्त्री पनि हुन्।युवाहरुले डा भीमराव अम्बेडकरको जीवनी अवश्य पढ्नुपर्छ।'

कार्यक्रममा डा भीमराव अम्बेडकरको जीवनी र योगदान विषयमा सिलगढीका बीबी बिश्वकर्माले वार्ता प्रस्तुत गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande