पार्टी कार्यकर्तामाथिको हमला निन्दनीय छ, यसको हामी घोर भर्त्सना गर्दछौँ: अमर लामा
Amar lama


सोनादा, 10 अप्रेल (हि.स.)। आफ्नो पार्टी कार्यकर्तामाथिको भएको हमला गम्भीर विषय रहेको र यसको हामी घोर भर्त्सना गर्दछौँ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय महासचिव एवं खरसाङ विधानसभा समष्टिका उम्मेदवार अमर लामाले बताएका छन्। उनले सोनादा क्षेत्रमा आफ्नो चुनाउ प्रचारका क्रममा पत्रकारहरुले रेलिङमा भएको घटना विषयमा सोधेका प्रश्नको उत्तरमा यसो भनेका हुन्।

उनले भने, हामी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले अनित थापाको नेतृत्वमा पहाडलाई शान्ति बनाइराखेका छौं। यसपालीको चुनाउमा मूल मुद्दा नै पहाडलाई शान्ति बनाइराख्ने हो। यो घटना एकदमै निन्दनीय छ। फेरि पनि पहाडलाई हिंसात्मक बाटोतिर लैजाने कतिवटा पार्टीको संकेत छ।

उनले पार्टी कार्यकर्ताहरु र समर्थकहरुलाई सम्बोधन गर्दै कुनै पनि प्रकारको रियाक्शन नगर्न तथा धैर्य बनाइराख्न अपील गरे। उनले यस घटनाका मुख्य नाइकेको आदेश बिना यस्तो घटना नहुनु पर्ने हो, त्यसैले मुख्य नाईकेलाई पनि पक्राउ गरिनुपर्छ भन्ने माग गरे।

लामाले भने, हामिले पहाडलाई शान्ति बनाइराखेका छौं। तर, उनीहरुले फेरि अशान्ति गरिरहेका छन्। उनीहरुको यो अन्तिम लडाई हो र जे पनि गर्न सक्छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई हराउन करङ पनि बेच्न सक्छ। तर करङ पनि बिक्री हुँदैन।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande