
खरसाङ, 10 अप्रेल (हि.स.)। खरसाङमा पार्वत्य तराई अनुसूचित जाति संयुक्त मञ्चको आयोजनामा बाबासाहेब डा भीमराव अम्बेडकरको 136औं जयन्ती पालन गरिने भएको छ। खरसाङ क्षेत्रका अनुसूचित जाति समुदायलाई लिएर गठित पार्वत्य तराई संघले आज खरसाङमा एक पत्रकार सम्मेलन आयोजना गरेर आगामी 14 अप्रेलका दिन खरसाङमा बाबासाहेब डा भीमराव अम्बेडकरको जयन्ती पालन गरिने बताइयो।
यस अवसरमा खरसाङ रेलवे स्टेशनबाट र्याली शुरु भएर बजार परिक्रमा गरेपछि मोटर स्ट्याण्ड हुँदै नयाँ बजारस्थित सार्वजनिक भवनमा पुगेर सम्वर्द्धना कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रममा डा अम्बेडकरको बारेमा बीबी बिश्वकर्माले वार्ता प्रस्तुत गर्नेछन्। त्यसरी नै बंग भूषण प्रापक वरिष्ठ संगीतकार चन्दन लम्जेललाई सम्वर्जद्धना जनाइने छ।
पत्रकार सम्मेलनमा पार्वत्य तराई अनुसूचित जाति संयुक्त मञ्चको तर्फबाट सचिव सञ्जय राउत र सभापति रवि तोलङ्गीले विस्तृत रुपमा जानकारी गराए। उनीहरूले जानकारी गराए अनुसार, बाबा साहेब डा भीमराव अम्बेडकरको सम्मानमा खरसाङ क्षेत्रका नेपाली र हिन्दी भाषी अनुसूचित जातिका संघ संस्थाहरुलाई लिएर गठित पार्वत्य तराई अनुसूचित जाति संयुक्त मञ्चको आयोजनामा अम्बेडकर जयन्ती पालन गर्ने निर्णय गरेको हो। यस अवसरमा र्याली र सम्वर्द्धना कार्यक्रम पनि आयोजना गरिने छ। कार्यक्रममा जीटीएको प्रमुख कार्यपाल अनित थापाको उपस्थिति रहनेछ।
---------------
हिन्दुस्थान समाचार / हनोक