
पश्चिम मेदिनीपुर, 10 अप्रेल (हि. स.)। जिल्लामा शुक्रवार बिहानदेखि राजनीतिक गतिविधि सक्रिय भएको छ। जिल्लाका दुई वटा प्रमुख शहरहरूमा एकै दिन दुईजना विशाल राजनीतिक दलका शीर्ष नेताहरूको प्रस्तावित रोड शोलाई लिएर व्यापक रूपमा शक्ति प्रदर्शन गर्ने तयारी भइरहेको छ।
उक्त राजनीतिक गतिविधिलाई मध्यनजर गर्दै पुलिस प्रशासनलाई पनि पूर्ण रूपमा सतर्क गरिएको छ। जिल्लाका विभिन्न प्रेवश मार्ग तथा प्रमुख चौरस्ताहरूमा नाकाबन्दी गरेर पुलिस बललाई तैनाथ गरिएको छ। अर्कोतिर दुवै दलका कार्यकर्ताहरूमा पनि व्यापक उत्साह देखिँदैछ जसले गर्दा सम्पूर्ण क्षेत्रमा राजनीतिक गतिविधि, उत्सुकता तथा चर्चाको माहोल बनिएको छ।
सूत्र अनुसार तृणमूल कंग्रेसकी प्रमुख औ पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शुक्रवार साँझ जिल्ला मुख्यालय मेदिनीपुरमा पर्टी प्रत्याशीहरूको समर्थनमा पदयात्रा गर्नेछन्। विशेष रूपमा तृणमूल उम्मेदवार सुजय हाजराको समर्थनमा आयोजित यस कार्यक्रमलाई लिएर पार्टी कार्यकर्ताहरू र समर्थकहरूमा विशेष उत्साह देखिएको छ।
अर्कोतिर केन्द्रिय गृहमन्त्री अमित शाह शुक्रवार साँझ खड़गपुर आइपुग्नेछन्। यहँ उनले भाजपा प्रत्याशी दिलीप घोषको समर्थनमा मालांचा रोडस्थित अतुलमोनी स्कूल छेउबाट खरिदासम्म एक विशाल रोड शो गर्नेछन्। यस कार्यक्रमलाई लिएर पार्टी कार्यकर्ताहरूको व्यापक उपस्थितिसितै भव्य व्यवस्था गरिएको छ।
उल्लेखनीय छ, वर्ष 2021 को विधानसभा चुनाउमा पनि अमित शाहले गोल बजार क्षेत्रमा रोड शो गरेका थिए जसको चुनावी प्रभाव पनि देख्न पाइएको थियो। यस सीटबाट भाजपाका उम्मेद्वार हिरणमय च्याटर्जीले जीत हासिल गरेका थिए।
एकै दिनमा जिल्लाका दुई भिन्न शहरहरूमा हुन गइरहेको यस्तो विशाल कार्यक्रमलाई लिएर राजनीतिक माहोल गर्मिएको छ। मेदिनीपुरका सामाजिक कार्यकर्ता अनिल धलले बताए, यहाँका बजारहरूमा पनि धेरै भीड़ देखिँदैछ। चुनावी सभालाई लिएर मानिसहरूमा चर्चा चुलिएको छ।
यता “हिन्दुस्थान समाचार”- सित बातचीत गर्दै भाजपा जिल्ला समितिका सदस्य सुनिल यांडाले भने, खड़गपुर सीट भाजपाको पारम्परिक सीटहरूमध्ये एक हो र पार्टी उम्मेद्वार दिलीप घोषको जीत निश्चित छ। उनको भनाइ छ, केन्द्रिय गृहमन्त्री अमित शाह खड़गपुर आउनाले कार्यकर्ताहरूमा उत्साह अझ बढ़्नेछ साथै जीतको अन्तर पनि निश्चित रूपमा बढ़्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा