यसपाली पश्चिम बङ्गालमा टीएमसीले नै सरकार बनाउनेछ: अनित थापा
अनिता थापा


दार्जिलिङ, 10 अप्रेल (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) को केन्द्रिय संस्थापक अध्यक्ष अनित थापाले टर्चलाइट निभ्दैन, गोर्खाको सशक्त विधायक पठाऔं भनी चालकहरुलाई आह्वान गरेका छन्। उनले पार्वतीय चालक सङ्घले भागोप्रमोलाई समर्थन गर्ने निर्णय लिएकोमा खुशी व्यक्त गरे।

उनले भने, 'आज पार्वतीय चालक महासङ्घको स्थापनाको दिन ऐतिहासिक रह्यो। लगभग ३० वटा सङ्गठनका साथीहरू जुटेर नयाँ पार्वतीय चालक सङ्घ बनायौं। यो सङ्घले भागोप्रमोलाई समर्थन जनाउने निर्णय गरेको छ।'

उनले चुनाउ चिन्हबारे स्पष्ट पार्दै भने, 'पञ्चायत, जीटीए जस्ता राज्य अधिनस्थ चुनाउमा हाम्रो चिन्ह क्यान्डल हुनेछ। तर, भारतीय चुनाउ आयोगले सञ्चालन गर्ने एमएलएको चुनाउमा हाम्रो चिन्ह टर्चलाइट रहनेछ। यो टर्चलाइट पानीले निभ्दैन, हावाले पनि निभाउँदैन। हामीले धेरै राम्रो र दमदार चिन्ह पायौं।'

उनले अझ भने, 'यसपाली पश्चिम बङ्गालमा टीएमसीले नै सरकार बनाउनेछ। हामी टीएमसीको गठबन्धनको हिस्सा हौं। त्यसैले हामीले आफ्नो पार्टीको विधायक पठाउन अत्यन्तै जरुरी छ। हामी सबैले टर्चलाइट चिन्हमा एकजुट भएर भोट दियौं भने मात्र हाम्रो आवाज सदनमा पुग्छ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande