
सिलगढ़ी, 10 अप्रेल (हि.स.)। विधानसभा चुनाउबीच माटीगाड़ा-नक्सलबाड़ी सीटमा चिया बगान श्रमिकहरूको भोटलाई निर्णायक मानिँदैछ जसमाथि सबै दलहरूको ध्यानकेन्द्रित भएको छ। यसै क्रममा शुक्रवार भाजपा उम्मेदवार आनन्दमय बर्मनले नक्सलबाड़ीको बेलगाछी, मारापुर र माञ्झा चिया बगानमा व्यापक रूपमा चुनाउ प्रचार गरे। प्रचार अवधि उनले चिया श्रमिकहरूसित बसेर भोजन सेवन गरे। यस अवधि उनले चियाका बिरूवाहरू पनि रोपे साथै आफै काम पनि गरे। तथापि यस अवधि कतिपय मानिसहरूले पछिल्लो पाँच वर्षको कामकाजलाई लिएर प्रश्न उठाए।
आनन्दमय बर्मनले तृणमूल कंग्रेसलाई लक्षित गर्दै भने, पछिल्लो 15 वर्षमा राज्य सरकारले चिया श्रमिकहरूको लागि कुनै ठोस विकास गर्न सकेको छैन जसले गर्दा मानिसहरू असन्तुष्ट भएका छन्। उनले वाचा गरे, यदि भाजपा सत्तामा आयो भने चिया श्रमिकहरूलाई राम्रो वेतन, आवस र जमीनको अधिकार दिइनेछ।
साथै उनले पीएफ र ग्रेच्युटी जस्ता मुद्दाहरूमा पनि राज्य सरकार अनि चिया बगान मालिकहरूबीच साँठगाँढ रहेको आरोप लगाए। चुनावी माहोलमा अब सबैको नजर यस क्षेत्रका चिया श्रमिकहरूको भोटमाथि अड़िएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा