घरभित्र भेटियो युवकको शव, जाँचमा जुट्यो पुलिस
घरभित्र भेटियो युवकको शव, जाँचमा जुट्यो पुलिस


जलपाइगढ़ी, 10 अप्रेल (हि.स.)। जिल्लामा एक घरभित्र एक युवकको रगतले लतपतिएको शव फेला परेपछि यस क्षेत्रमा हंगामा मच्चिएको छ। मृतकको पहिचान कमलेश रायको रूपमा गरिएको छ।

रिपोर्टका अनुसार कमलेश घरमा आफ्ना आमाबाबुसँग बस्थे। शुक्रवार बिहान परिवारका सदस्यहरूले उनको कोठाभित्र रगतले लतपतिएको शव फेला पारेपछि क्षेत्रमा त्रास फैलिएको छ।

शुरुमा सुतिरहेको बेला टाउकोमा प्रहार गरेर युवकको हत्या गरिएको आशंका गरिएको छ। यद्यपि, हत्याको पछाड़ीको सही उद्देश्य स्पष्ट छैन।

घटनाको जानकारी पाएपछि कोतवाली थाना अन्तर्गत मानिकगञ्ज चौकीबाट पुलिसले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ।

पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोष्टमार्टमको लागि जलपाइगढ़ी मेडिकल कलेज तथा अस्पताल पठाएको छ। हाल पुलिसले सबै पक्षलाई ध्यानमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ। यो घटनाले क्षेत्रमा आतंक र चिन्ताको वातावरण सिर्जना गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande