चण्डीपुरः नाका जाँचमा 16 लाखभन्दा अधिक नगद जफत
चण्डीपुरः नाका जाँचमा 16 लाखभन्दा अधिक नगद जफत


पूर्व मेदिनीपुर, 10 अप्रेल (हि.स.)। स्वतन्त्र तथानिष्पक्ष चुनाउसुनिश्चितगर्नको लागि चुनाउ आयोगको निर्देशमा जिल्लाका विभिन्न क्षेत्रहरूमा लगातार नाका जाँच अभियान संचालन गरिंदैछ। यसै क्रममा पुलिस र सुरक्षा बलहरूको संयुक्त कारबाहीमा चण्डीपुर क्षेत्रबाट प्रचुर मात्रामा नगद जफत गरिएको छ।

पुलिस सूत्रअनुसार गए 9अप्रेलकोरातीलगभग 01:30 बजे चण्डीपुर थाना क्षेत्रकोबरोज बजार क्षेत्रमाकेन्द्रिय बल, एसएसटी टीमर चण्डीपुर थानाकोसंयुक्त टीमलेनाकाजाँच अवधि एकजना अज्ञात व्यक्तिबाट 13 लाख 80 हजार 579 रुपियाँ नगद जफत गऱ्यो।

यसरी नै चण्डीपुर थाना क्षेत्रकोशशिगञ्ज बजारक्षेत्रमा नाका जाँच अवधि अर्को एकजना व्यक्तिबाट 2 लाख 50 हजार रुपियाँ नगद जफत गरियो। जफत गरिएको यति धेरै धनराशिको सम्बन्धमा कुनै वैध दस्तावेज प्रस्तुत गर्न नसकेको कारणले नियमानुसार सम्पूर्ण धनराशिलाई ब्लक परशासन तथा पुलिसको पहलमा जिल्ला आयकर विभाग समक्ष जमा गरियो।

पुलिसले बतायो, यस धनराशिको श्रोत र यस पछाड़िको कुनै विशेष उद्देश्य बारे पत्तो लगाउनको लागि जाँच शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande